आर्थिक अभावका कारण ३२ बर्षका जितु जीवन र मरणको दोसाँधमा

आर्थिक अभावका कारण ३२ बर्षका जितु जीवन र मरणको दोसाँधमा

रबिन्द्र बराल, रंगेली

मोरङको सुनवर्षी नगरपालिका ६ स्थित कैमीमा बसोवास गर्देआएका ३० वर्षका जितु हस्दा बिगत ४ महिना देखि प्यारलाईसिस (लक्वा) रोगबाट ग्रसित छन् । ओछ्यान परेका हस्दा अहिले उपचार अभावमा छटपटाइ रहेका छन् ।

हस्दाले बिगत १० बर्ष देखि गाउँ घरमा ट्याक्टर चालकको रुपमा काम गरेर आफ्नो ८ परिवारलाई पालन पोषण गर्दै आईरहेका थिए । जितु अहिले दुवै हातखुट्टा चल्न छाडेपछि जीवन र मरणको सङ्घारमा ओछ्यानमा छट्पटी रहेका छन् ।

उनका बाबु फागु हस्दाले भने आफूसंग भएको जग्गा समेत धितो पास गरेर १ लाख रुपैयाँ ऋिण लिएर छोराको उपचार गरेता पनि उनको रोग भने निको भएको छैन् । बैसाख २६ गते सामान्य काम गरेर घर फर्किएका जितु खाना खाने समयमा उनी एक्कासि ढलेका थिए । अचानक ढलेका हस्दालाई नोवेल अस्पताल विराटनगरमा एकरात राखेर उपचार गरेको फागुले बताए । एकरातमा ५० हजार खर्च गरेपछि रकम अभावका कारण घर फर्किएका थिए ।

हस्दा परिवारमा अहिले हातमुख जोडन समेत निकै समस्या परेको छ । घरमा दुई छाक टार्न समेत समस्या परिरहेको छ । यस्तो अवस्थामा श्रीमानको उपचार कसरी गर्ने भन्ने चिन्ता रहेको उनकी श्रीमती दुर्गाले बिलौना गरिन् । खाना खान समस्या भएपछि छमिेकीहरुको सहयोगमा जविन गुजारा गरिरहेको परिवार अहिले जीवन मरणको दोसाँधमा छ ।

सम्बन्धित खवर