रंन्जित स्पोटिङ क्लव द्वारा अतिविपन्न २५ घर परिवारलाई खाधान्य सामाग्री बितरण

रंन्जित स्पोटिङ क्लव द्वारा अतिविपन्न २५ घर परिवारलाई खाधान्य सामाग्री बितरण

रबिन्द्र बराल, रंगेली

मोरङको रंगेली नगरपालिका ७ मा रहेको रंन्जित स्पोटिङ क्लवले २५ घर परिवारलाई खाधान्य सामाग्री बितरण गरेको छ । कोरोना भाईरसका कारण बिगत ६ महिना देखि बन्द भए पछि दैनिकी ज्यालादारी गरेर आफ्नो परिवार पाल्ने बाध्यता भएकाहरुलाई क्लवले सहयोग गरेको हो ।

मध्यम वर्गका सर्वसाधारणहरुले भने पछिल्लो ६ महिना देखि दैनिकी काम नभए पछि आफ्नो परिवार पाल्न समस्या झेल्दै आईरहेका गरिव परिवारलाई क्लव र स्थानीयहरुको केही सहयोगबाट अति विपन्न परिवाले केही राहत पाएका छन् । उक्त क्लवले एक परिवार बराबर १५ केजि चामल, भुजा, तेल, नुन, चिनि, बेसार, आलु लगायतका खाधान्य सामाग्री बितरण गरिएको हो । क्लबले २ हजार रुपैयाँ बराबरको खाधान्य समाग्री हस्तान्तरण गरिएको क्लवका अध्यक्ष गुरु प्रसाद अधिकारीले बताए । सो क्लवले बिगतका दिनहरुमा हरेक सामाजिक कार्यमा अग्रसर रहेको थियो । पछिल्लो समय बन्दाबन्दिका कारण समस्यामा परेका २५ घर परिवारलाई खाधान्य सहयोग गरिएको हो ।क्लवले पुनः गाउँ घरमा गरिव परिवारको पहिचान गरि थप परिवारलाई खाधान्य सामाग्री बितरण गरिने क्लवका सदस्य मोसिम आलमले बताए ।

सम्बन्धित खवर