सबै स्थानीय तहमा अस्पताल सेवा सुरु गर्ने, आजै मात्र ६४ करोड निकासा

सबै स्थानीय तहमा अस्पताल सेवा सुरु गर्ने, आजै मात्र ६४ करोड निकासा

काठमाडौं, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सबै स्थायनीय तहमा अस्पताल सेवा प्रारम्भ गर्ने निर्णय गर्नुभएको छ । अस्पताल नभएका ६४९ तहमा ५ शैयाको अस्पतालको सेवा तत्कालै सुरू हुनेछ । आवश्यक औजार र उपकारण खरिदका लागि आजै मात्र ६४ करोड निकासा भएको छ ।

अस्पतालमा तत्काल नै कम्तिमा एक जना एमबिबिएस गरेको चिकित्सक, दुइर्एजना नर्स र अन्य स्वास्थ्यकर्मी रहने छन् । यसको व्यवस्थापन स्थानीय तहले गर्नेछन् भने अस्पताल कहाँ सञ्चालन गर्ने भन्ने निर्णय गर्ने अधिकार पनि स्थानीय तहलार्इ नै दिइएको छ ।

शुक्रबार नै निजी तथा सामूदायिक अस्पताललार्र्इ कोभिड अस्पतालको रूपमा व्यवस्थापन गर्ने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नीतिगत निर्णय गर्नुभएको छ ।

सम्बन्धित खवर