कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनमा अवरुद्ध

कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनमा अवरुद्ध

राजेन्द्र महतो, लहान

सिरहाको सुखिपुर नगरपालिकामा कोरोना भाइरसबाट मृत्यु भएका एक पुरुषको शव नेपाली सेनाले व्यावस्थापन गर्न खोज्दा स्थानीयले अवरोध गरेका छन् । सुखिपुर नगरपालिका ८ का अन्दाजी ५८ वर्षीय पुरुषको विहिवार राति धरानमा उपचारको क्रममा मृत्यू भएकाको थियो ।

मृतकको शव आज विहान सिरहाको सुखिपुर स्थित गागन नदीमा नेपाली सेनाले व्यवस्था गर्न खोज्दा स्थानीयले अवरोध गरेका छन् । शव व्यवस्थापनका लागि सेनासँगै एसपी, मेयर र वडाध्यक्ष समेत पुगेका छन् तर सार्वजनिक ठाउँमा शव व्यवस्थापन गर्न खाल्टो खन्न लाग्दा स्थानीयले विरोध गरेको स्थानीय प्रदिप यादबले बताएका छन् ।

आफु मृतकको आफ्न्त रहेको भन्दै स्थानीयले अवरोध गरेपछि प्रशासनले शव जिम्मा लिन दवाव दिएको मृतक आफ्न्तले गुनासो गरे । गागन खोलामा शव व्यवस्थापन नगरेर अरु ठाउँ गर्न भनेको नेपाली सेनाले जनाएको छ ।

सम्बन्धित खवर