प्रजिअ कणेलको सक्रियताले सरकारी जग्गा भुमाफियाबाट फिर्ता

प्रजिअ कणेलको सक्रियताले सरकारी जग्गा भुमाफियाबाट फिर्ता

राजेन्द्र महतो, लहान

जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेलको विशेष सक्रियताले सरकारी जग्गा भुमाफियाबाट फिर्ता भएको छ। सिरहाको साविक चन्द्रउदयपुर गाविस वडा नं. ८ क हाल गोलबजार नगरपालिका ९ स्थित पूर्वपश्चिम राजमार्गको दक्षिण किनारमा रहेको सो जग्गा फिर्ता भएको हो । साविकमा वन बुट्यान रहेको किता नं. १२२ को सरकारी नाप नक्सा तथा दर्ता भएको वन क्षेत्रको जग्गा २–९–३ मध्ये उत्तर तर्फबाट ०–१–८ क्षेत्रफल महेन्द्र राजमार्गमा परि बाँकी जग्गा कित्ताकाट भई किता नं. ४२० को २–७–१५ कायम रहेको सार्वजनिक जग्गा व्यक्तिको नामबाट फिर्ता भएको छ।

पूर्वपश्चिम राजमार्गमै रहेको करोडौं मूल्य बराबरको सरकारी जग्गा नक्कली सुकुम्बासी खडा गरी व्यक्तिको नाममा पास भएको समाचार विभिन्न संचार माध्यममा प्रकाशित भएपछि बिहीबार फिर्ता गराइएको जिल्ला प्रशासन कार्यालय सिरहाले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

गोलबजार ९ अन्तर्गत पर्ने कित्ता नम्बर ४२० को २ बिघा ७ कठ्ठा १५ धुर क्षेत्रफल भएको उक्त जग्गा २०७४ असोज २० का दिन बिना कुमारी चौधरी र अनिता देबी साहको नाममा संयुक्त पास थियो । सम्बन्धित निकायकै मिलेमतो सुकुम्बासी जग्गा गैर सुकुम्बासीको नाममा पास भएको चर्चा स्थानीयहरुमा चलेपछि गोलबजार नगरपालिकाले २०७५ असार ७ गते रजिष्टर बदरका लागि जिल्ला अदालत सिरहामा मुद्दा हालेका थिए । अदालतले २०७७ साउन २६ गते सो जग्गा पास भएकाहरुकै नाममा सदर गरिदिएको थियो ।

उक्त जग्गा निज साह र चौधरीकै नाममा चलनचल्ती कायम गरिदिएको अवस्थामा प्रजिअ कणेलको विशेष सक्रियताले सरकारी जग्गा वालाई फिर्ता गराइ वन क्षेत्रलाई पुन कायम गरिएको छ। २ विघा ७ कठ्ठा १५ धुर जग्गा तत्कालीन सुकुम्वासी समस्या समाधान आयोगले २०५८ साल असार ९ गतेमा निर्णय गरि एउटै व्यक्ति फौज बहादुर भट्ट क्षेत्रीको नाउँमा दर्ता गराएको थियो । निज भट्टले १५ लाख रुपैयाँ थैली राखी गत २०७४ असोज २० का दिन मालपोत कार्यालय सिरहाको रजिष्ट्रेसन नं. २६६० बाट साह र चौधरीको नाममा पास गरिदिएका थिए ।

सम्बन्धित खवर