धनुषामा जनप्रतिनिधिकै संरक्षणमा भव्य डान्स कार्यक्रम

धनुषामा जनप्रतिनिधिकै संरक्षणमा भव्य डान्स कार्यक्रम

राजेन्द्र महतो, लहान

धनुषाको शहिदनगरमा एक कोरोना संक्रमितको मृत्यू समेत भइसकेको छ । कैयौं अझै संक्रमित छन् तर यहाँ जनप्रतिनिधिकै संरक्षणमा डान्स प्रोग्राम भएको छ ।

शहिदनगरको डुमरिया टोलमा बुधबार राति डान्स प्रोग्राम भएको स्थानीय बताउँछन् । डान्स प्रोग्रामको भिडियो समेत सामाजिक सञ्जालमा भाइरल बनेको छ । स्टेजमा कब आओगी‘ बोलको गितमा नृत्य गर्दा अगाडी हजारौंको भिड देखिन्छ । यसले कोरोना संक्रमण फैलिने जोखिम बढाएको छ ।

प्रोग्राम हेर्न पुगेका दर्शकहरुमध्ये अधिकांशले मास्क समेत लगाएका थिएनन् । अचम्म त के भने शहिदनगरमा सशस्त्र र नेपाल प्रहरी समेत बस्छन् तर डान्स प्रोग्राम भइरहँदा सबै बेखबर थिए ।

सम्बन्धित खवर