फरार रहेका काठ तस्कर पक्राउ

फरार रहेका काठ तस्कर पक्राउ

पथरी, अबैध रुपमा वन पैदावार (काठ) तस्कर गरेको आरोपमा २ जना पक्राउ परेका छन् । मोरङको इलाका प्रहरी कार्यालय पथरीले फारार रहेका उनिहरुलाई पक्राउ गरेको हो ।

वर्ष ४६ का विध्या भनिने मदन प्रसाद पोख्रेललाई मंगलबार र वर्ष ३४ का नरबहादुर मगरलाई बुधबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले जानकारी दिए । गिरीका अनुसार पोख्रेलले २०६६ सालमा विना इजाजत वन पैदावार हटाइ ओसार पसार गरेको र मगरको पनि २०६९ सालको सोही मुद्धा रहेको छ ।

पोख्रेललाई सुरुमा जिल्ला अदालत मोरङले २०६८ असोज ३ गते ४२ हजार ७४५ रुपैँया जरिवाना र १ वर्ष कैदको फैसला गरेको थियो तर पछि २०७४ असार १४ गते सर्वोच्च अदालतले सो फैसलालाई उल्टाएर १४ हजार २४८ रुपैँया ३३ पैसा जरिवाना र ६ महिना कैद सजाए सुनाएको छ । यस्तै मगरलाई जिल्ला अदालत मोरङले २०७० असार ४ गते १ लाख ३२ हजार ४४८ रुपैँया जरिवाना र ३ महिना कैद सजाएको फैसला सुनाएको थियो । पक्राउ पर्नेहरु पथरी शनिश्चरे वडा नं. ९ र १० का रहेका छन् ।

सम्बन्धित खवर