घटना छानबिन गर्न नेपाल पत्रकार महासंघ सिरहा शाखाद्वारा ५ सदस्यीय समिति गठन

घटना छानबिन गर्न नेपाल पत्रकार महासंघ सिरहा शाखाद्वारा ५ सदस्यीय समिति गठन

राजेन्द्र महतो, लहान

सिरहाका पत्रकार बिनय यादव उपर भएको दुव्र्यवहारको विषयमा छानविन गर्न नेपाल पत्रकार महासंघ सिरहा शाखाले ५ सदस्यीय समिति गठन गरेको छ । महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै न्यूज ब्यूरोका पत्रकार विनय यादव उपर भएको घटनाको सत्यतथ्य छानविन गर्न समिति गठन गरेको जनाएको हो ।

गत शनिबार बेलुकी करिब ७ः३० बजेको समयमा पत्रकार यादवलाई पुरानो समाचारलाई लिएर सिरहाको धनगढीमाई नगरपालिका वडा नं. १० मुसर्निया स्थित आरके मेडीसिटी हस्पिटलका कर्मचारीहरुले दव्र्यवहार गरेको भन्दै छानविनका लागि समिति गठन गरिएको हो । महासंघ सिरहाका उपाध्यक्ष रामबाबु यादवको सँयोजकत्वमा गठन गरिएको ५ सदस्यीय समितिमा मनोज बनैता, शिव दयाल यादव, दुर्गा परियार र गणेश साह सदस्य रहेका छन् ।

नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष दिनेश्वर प्रसाद गुप्ताद्धारा हस्ताक्षरित विज्ञप्तिमा पत्रकार यादव उपर पुरानो रिसबीले भएको दुव्र्यवहारको छानविन गरी दोषी उपर कारवाही गर्न पहल गरिने बताइएको छ । यसअघि पत्रकार यादवले सर्वसाधारण जनताको स्वस्थ्य जस्तो संवेदनशील विषयमाथि चरम लापरबाही गर्दै काण्डै काण्ड गर्दै आएको भनेर सो अस्पतालको समाचार लेखेका थिए ।

सम्बन्धित खवर