‘कन्ट्रयाक ट्रेसिङ’ मा रहेका पथरी शनिश्चरेका ८० जनाको रिपोर्ट नेगेटिभ

‘कन्ट्रयाक ट्रेसिङ’ मा रहेका पथरी शनिश्चरेका ८० जनाको रिपोर्ट नेगेटिभ

पथरी, मोरङको पथरी शनिश्चरेमा पछिल्लो पटक संक्रमितसँगको सम्पर्क (कन्ट्रयाक ट्रेसिङ) का आधारमा परीक्षणमा पठाइएको नगरका ८० जनाकै स्वाबको रिपोर्ट नेगेटिभ आएको छ ।

सुनसरीको दुहवीस्थित प्रिमियर फ्याक्ट्रीमा काम गर्न गएका नगरका १ जना २३ वर्षीय पुरुषमा पछिल्लो पटक कोरोना पोजेटिभ देखिएपछि भदौ ६ गते समुदायका ८० जनाको स्वाब संकलन गरि पठाइएको थियो । केही ब्यक्तिको दोहोर्याएर समेत चेक गर्दा कसैमा पनि कोरोना नदेखिएको रिपोर्ट आज आएको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाउनु भयो ।
भदौ २ गते पथरी शनिश्चरे १ को आफ्नो घरबाट काम गर्न सो फ्याक्ट्री गएका ती युवालाई फ्याक्ट्रीले सोही दिन पीसीआरको स्वाब संकलन गराएको थियो । सो को रिपोर्ट ५ गते पोजेटिभ आयो । जस अनुरुप उनलाई समुदायस्तरमै कोरोना भएको ठानेर उनको सम्पर्कमा आएकाहरु तथा त्यसअघि क्वारेन्टिनमा रहेका वडा नम्वर २ र ४ का संक्रमित २ पुरुषको समेत सम्पर्कमा आएकाहरुको ‘कन्ट्रयाक ट्रेसिङ’ का आधारमा स्वाब संकलन गरिएको हो । ८० जनाको स्वाब संकलन गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । सो अवस्थापछि भदौ ६ देखि नै नगर क्षेत्र पूर्णरुपमा लकडाउन गरिएको छ ।

सम्बन्धित खवर