रतुवामाई जेसीसका अध्यक्ष खड्काद्वारा आरमभलाई मास्क र स्यानिटाइजर सहयोग

रतुवामाई जेसीसका अध्यक्ष खड्काद्वारा आरमभलाई मास्क र स्यानिटाइजर सहयोग

इटहरा, कोरोना भाइरसको महामारीमा सक्रिय रहेर सचेतना अभियानमा लागि परेको आरम्भ नाट्य डबलीलाई रतुवामाई जेसीसका अध्यक्ष एवं समाजसेवी निलम खड्काले मास्क र स्यानिटाइजर सहयोग गर्नुभएको छ ।

अध्यक्ष खड्काले शुक्रबार आफ्नै निवासमा आरम्भ अध्यक्ष समिर सुवेदीलाई आठ सय थान मास्क र स्यनिटाइजर हस्तान्तरण गर्नुभएको हो ।

कोरोना भाइरसको सुरूवाती समयदेखि नै यसको न्यूनिकरण र सचेतना अभियानमा आरम्भले सक्रिय रहेर काम गर्दै आइरहेकाले संस्थालाई केही सहयोग होस भनि आफुले मास्क र स्यानिटाइजर सहयोग गरेको खड्काले बताउनुभयो ।

सहयोगका क्रममा अध्यक्ष खड्काले आरम्भले समाजमा खेलेको भूमिकाबारे प्रसंशा गर्दै आगमी दिनमा थप सक्रिय भई समाजसेवामा निरन्तर लागिरहन आग्रह पनि गर्नुभयो ।

आरम्भले कोरोना महामारीका कारण सरकारले लगाएको लकडाउनका बीच पनि सुरक्षित भई राहत वितरण, सचेतनामुलक कार्यक्रम र सुरक्षा सामाग्री मास्क, स्यानिटाइजर वितरण गर्दै आइरहेको थियो ।

सम्बन्धित खवर