पथरी क्वारेनटाइनमा रहेका १ जना पुरुषमा कोरोना पुष्टि, पथरीमा संक्रमितको संख्या ७ पुग्यो

पथरी क्वारेनटाइनमा रहेका १ जना पुरुषमा कोरोना पुष्टि, पथरीमा संक्रमितको संख्या ७ पुग्यो

पथरी, मोरङको पथरी शनिश्चरेमा थप १ जनामा कोरोना पुष्टि भएको छ । नगरको वडा नं. ५ का १९ वर्षीय युवामा कोरोना देखिएको नगर स्वास्थ्य संयोजक मुरारी आचार्यले जानकारी दिनुभयो ।

भारतबाट आएर पथरीमा रहेको पथरी बहुमुखीमा रहेको क्वारेनटाइनमा बसेका ति युवाको २९ गते विहिबार स्वाव संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । २० जनाको परीक्षणका लागि पठाइएकामा आज १ जनामा पोजिटिभ र अन्य १९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । हालसम्म पथरीमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ५ जना पुरुष र २ जना महिला रहेका छन् । नगरभित्रका ६ जना र १ जना भारतीय नागरिक रहेको आचार्यले जानकारी दिनुभयो ।

नगरमा हालसम्म जम्मा ६९६ जनाको पिसिआर प्रविधिबाट परीक्षण गरिएको छ । आज मात्रै पनि परीक्षणका लागि १९ जनाको स्वाव संकलन गरेर पठाइएको छ । अब पथरीको क्वारेनटाइनमा ४ जना मात्रै परीक्षणका लागि पठाउन बाँकी रहेका छन् । पथरी शनिश्चरेमा हालसम्म समुदाय स्तरमा कोरोना फैलिसकेको नभएता पनि सबैलाई सुरक्षित रहन आचार्यले सुझाव दिनुभयो ।

 

सम्बन्धित खवर