बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ

बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा एजना वडाध्यक्ष पक्राउ परेका छन् । चौध वर्षीया किशोरीलाई बिहे गर्ने भन्दै पटक पटक करणी गरेको आरोपमा गोरखाको पालुङटार ४ का अध्यक्ष ठाकुरकान्त रानाभाट पक्राउ परेका हुन् ।

‘बिहे गर्छु भन्दै यसअघि पनि पटक–पटक जबरजस्ती करणी गरेको भन्दै परिवारले दिएको किटानी जाहेरीका आधारमा पक्राउ गरिएको एसपी सुरेन्द्र बहादुर गुरुङले जानकारी दिए । गुरुङले भने ‘उनीहरुको सम्बन्धबारे अभिभावकले थाहा पाएपछि वडाध्यक्षविरुद्ध जाहेरी दिनुभयो अनि हामीले उहाँलाई पक्राउ गर्यौं ।’

अन्दाजी ४७ वर्षीय रानाभाटलाई सोमवार जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलिले पालुङटारबाट पक्राउ गरेको गुरुङले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको र रानाभाटविरुद्ध जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ताको तयारी भइरहेको एसपी गुरुङले जानकारी दिएका छन् ।

सम्बन्धित खवर