मदन भण्डारी फाउण्डेशन र एकेडेमीमा नयाँ नेतृत्व

मदन भण्डारी फाउण्डेशन र एकेडेमीमा नयाँ नेतृत्व

मदन भण्डारी फाउण्डेशन र मदन भण्डारी स्पोर्टस् एकेडेमी काभ्रेलाञ्चोकमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार साँझ बनेपामा सम्पन्न भेलाले फाउण्डेशना ३५ र एकेडेमीमा ४५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

फाउेण्डेशनको जिल्ला नेतृत्व नेकपाका युवानेता कुमार तिमल्सिनाले लिनुभएको छ भने एकेडेमीको नेतृत्व विद्यार्थी नेता राकेश लामालाई दिइएको छ । फाउण्डेशनको उपाध्यक्षमा नीरज खड्का, सचिवमा विपिन लामा, सहसचिवमा निर्मल खड्का, कोषाध्यक्षमा नवराज भूर्तेल तथा अन्य सदस्य रहनुभएको छ ।

यस्तै एकेडमीको उपाध्यक्षमा नवराज मानन्धर, सचिवमा रविन अधिकारी, सहसचिवमा डेनी लामा तथा कोषाध्यक्षमा सानमाया लामा चयन हुनुभएको छ । भेलाको शनिबार परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवालीले उद्घाटन गर्नुभएको थियो । रासस

सम्बन्धित खवर