रतुवामाई ८ मा आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटन

रतुवामाई ८ मा आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटन

रतुवामाई, रतुवामाई नगरपालिकाले वडा नं. ८ मा आधारभुत स्वास्थ्य सेवा केन्द्र शुरु गरेको छ । शुक्रबार रतुवामाई नगरपालिकाका नगर प्रमुख रविन राईले त्रिवेणी चौकमा उक्त स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गर्दै नगरवासीमा सहज र निशुल्क स्वास्थ्य सेवा पुर्याउने अभियान अन्र्तगत सवै वडामा स्वास्थ्य सेवा केन्द्र संचालन गरेको बताएका छन् ।

वडा नं. ८ का जेष्ठ सदस्य तिलक सुवेदीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नगरकी उपप्रमुख दमयन्ता देवी चुडाल, स्वास्थ्य संयोजक संन्तोषकुमार साह लगायतका वक्ताले आधारभुत स्वास्थ्य केन्द्रले वडाका नागरिक लाभन्वित हुने बताएका छन् ।

नगरका १० वडा मध्ये ५ वटा वडामा आधारभुत स्वास्थ्य केन्द्र, ४ वटामा स्वास्थ्य चौकी र एउटा वडामा नगर अस्पताल रहेको नगर प्रमुखको सचिवालयका प्रतिनिधी प्रदिप पराजुलीले बताएका छन् । १ सय ४४ बर्ग क्षेत्रफल भएको उक्त नगरमा ५५ हजार ३ सय ८० नागरिक बसोबास गर्दै आएका छन् ।

सम्बन्धित खवर