राजेन्द्र महतो, लहान
लगातार अविरल बर्षाका कारण सिरहाको गोलबजार ३ रहेको नर्सरी क्षेत्रमा कटान गरेको छ । निपनिया देखि पुर्व गागन खोला छेउमा करीब ११ हेक्टर वृक्षारोपण गरेको पूर्वी किनारबाट कटान भएको हो ।
सो क्षेत्र मा १ हेक्टर जग्गा कटान गरि २५ वटा पोल तथा काडे तार समेत बाढीले बगाएको सब डिभिजन वन कार्यालय गोलबजारका प्रमुख तथा वन अधिकृत शशिन्द्र यादवले बताएका छन् ।