अरिबल वर्षाको कारण रौतहटको मरदर नयाँ बस्ती जलमग्न

अरिबल वर्षाको कारण रौतहटको मरदर नयाँ बस्ती जलमग्न

विवेक शर्मा, रौतहट

आईतबार देखि परेको अबिरल वर्षाको कारणले रौतहटको मरदर बस्ती जलमग्न भएको छ । हिजो देखि नै परेको मुसलधारे पानीको कारणले चन्द्रपुर नगरपालिका ८ मा रहेको मरदर नयाँ बस्ति जलमग्न भएको हो ।

उक्त ठाउँको अधिकांस घर डुबानमा परेको छ भने यतिखेर खहरे भेलसंगै उर्लिएको चादी नदिले सो क्षेत्रका जमिन कटान गर्न थालिसकेको छ । बाढि आएपछि नदि किनारमा रहेका यहाँका बासिन्दामा बाढिको त्रास उत्पन्न भएको छ । निकास बिनाको बिकासले बर्षातको पानी तालको रुपमा जम्ने हुदा बस्तिका घर नै डुवानमा परेका छन् । बस्तिमा करिब ७० घरधुरीको बसोबास रहेको छ ।

एकातिर खोला अर्को तिर पानीको निकास नहुदा उक्त बस्ति डुबानको समस्यामा परेको हो । पानी बग्ने कुनै ढल तथा ठाउँ नहुदा पानी जलमग्न हुन गइ स्थानिय डुवानमा परेका छन् ।घरमा रहेको अन्नपात सबै डुबान हुदाँ के खाने कहाँ बस्ने बिचल्ली भएको स्थानिय सुमन राउतले बताए ।

सम्बन्धित खवर