किरण न्यैपाने, रंगेली
रंगेली नगरपालिकाको सहयोगमा रंगेली नगर युवा क्लबले शारीरिक व्यायमशाला सञ्चालनमा ल्याएको छ । नगरपालिकाको करिव ५ लाख आर्थिक सहयोगमा नगर युवा क्लवले सोमबार एक कार्यक्रमको आयोजना गरि व्यायमशाला सञ्चालनमा ल्याएको हो ।
व्यायमशालाको रंगेली नगरपालिका मेयर दिलिप वगडियाले उद्घाटन गर्नुभएको छ । सो क्रममा मेयर वगडीयाले युवाहरुले व्यायमका लागि ल्याएका सामाग्री तथा उपकरणको निरिक्षण गरी युवा सरह जिम समेत गर्न भ्याएका थिए । मेयर वगडीया आफैले जिम गर्न ठाट्टिएपछी सहभागी अतिथिहरुले तालि बजाउदै हौसियाएका थिए । व्यायमशाला उद्घाटन गर्दै मेयर वगडीयाले युवाहरुलाई लक्षित गरी नगरका ९ वटै वडामा खुल्ला व्यायमशाला सञ्चालन गर्ने योजना रहेको बताउदै आगामी कार्यक्रममा समावेश गर्दै लैजाने बताए । रंगेली नगर युवा क्लवले व्यायमका लागि एक दर्जन जिम सामाग्री राखेका छन् । क्लबका अध्यक्ष निरज साहले युवाहरुलाई लक्षित गरी व्यायमशाला सञ्चालनमा ल्याएको बताए ।