मनोसामाजिक तथा मानसिक स्वास्थ्य सम्वन्धी तालिम सम्पन्न

मनोसामाजिक तथा मानसिक स्वास्थ्य सम्वन्धी तालिम सम्पन्न

पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयको सहयोगमा वडा नम्वर ९ स्थित जनचेतना सामुदायिक सिकाई केन्द्रले मनोसामाजिक तथा मानसिक स्वास्थ्य सम्वन्धी ५ दिने आधारभूत तालिम आज सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे नगर प्रमुख दिलीपकुमार राईले समापनका अवसरमा बोल्दै मानिसहरुमा जकडिएर रहेको मनोसामाजिक तथा मानसिक समस्या समाधानका लागि यसखाले तालिम आवश्यक वन्दै गएको बताउनु भयो ।

प्रतिमा गुुरुङ, पदम सुवेदी र विनिता तिम्सिनाबाट तालिमको सहजिकरण भएको सिकाई केन्द्रका अध्यक्ष गोविन्द कटुवालले जनाउनु भयो । ३५ जना सहभागि रहेको तालिमका लागि नगरपालिकाले ५० हजार रुपैयाँ उपलब्ध गराएको छ ।

सम्बन्धित खवर