जन्मेर जन्माएको आशा

जन्मेर जन्माएको आशा

प्रवेश विष्ट

थाहा छैन जन्मनेलाई कसरी र किन जन्माएको
कसैको केही क्षणको रमाइलो अनि
कसैको अति कष्टकर लामो खटाइमा
शायद प्राणी जन्मन्छ ।

घोटेर हड्डी, त्यागेर स्वार्थ सञ्जालभित्र मोहको
हुर्काइन्छ, बढाइन्छ
आसा छ, भरोसा छ म र मेरो भावको
आपसी समभावमा जिइने जीवन
जहाँ आकर्षण छ समर्पण छ
जसले पसिना चुहाँउछ, हड्डी खियाउँछ
चारचौरास दगुरेर त्यही उत्सर्जन र प्रजनन प्रक्रियाभित्र
घुमिरहन्छ, कुदिरहन्छ ।

आसामा भावी जीवनको
वर्तमानमा असन्तुष्टि पालेरै
उदरपूर्तिकै लागि मात्रै पनि गति फालेरै
सामाजिक किच्चकीपना लिएर
अरूअरूलाई सधै भाउ दिएर
अन्तिम लक्ष्य किटान छैन कतै ।

हुर्कीरहने,कुप्रिरहने, थुप्रिरहने अनि
कहिलेकहिले उप्रिरहने चोलाभित्र
म बाँचिरहेको छु,
हजुर नि ?

सम्बन्धित खवर