अर्जुन काफ्ले
पथरी
पथरीशनिश्चरे नगरपालिकाले नगरभित्रका किसानलाई लक्षीत गरि विभिन्न अनुदानका कार्यक्रम ल्याएपछि यस क्षेत्रका किसानले राहात पाउने आशा लिएका छन् । वैदेशिक रोजगारी वाट फर्किएर कृषिकर्म गर्न चाहने किसानलाई लक्षित गर्दै नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ मा पशु विकासका लागी विभिन्न कार्यक्रमलाई आफ्नो निती तथा कार्यक्रममा प्राथमिकताका साथ राखेपछि यसक्षेत्रका किसान आशावादि वनेका हुन् ।
‘पशुपन्छी तथा मस्य पालन प्रविधीमा विकास,पथरीशनिश्चरे नगरमा रोजगारीको निकास’ भन्ने नारा पथरीशनिश्चरेको नगरसभाले आफ्नो निती तथा कार्यक्रममा ल्याएपछि यहाँका नगरवासीले कृषी क्षेत्रमै रोजगारीको सम्भााव्यता पहिचान गर्ने भएका हुन् । नगरप्रवक्ता याम प्रसाद गुरागाईले नगरपालिकाले नगरभित्र कृषि कर्म गर्ने नगरवासीले रोजगारीका लागी अन्यत्रै जानु नपरोस भनेर कृषीलाई वजेटमा प्राथमिकता दिएको वताउछन् । नगरभित्र पशुपालन गर्ने किसानमा व्यावसायीक र आर्थिक आत्मनिर्भर वनाउन पहल थालिएको हो । प्रवक्ता गुरागाईका अनुसार नगरको निति तथा कार्यक्रममा कृषी क्षेत्रलाई नै प्राथमिकता दिइएको छ । विषेश वैदेशिक रोजगार वाट फर्किएका यु्वालाई कृषी र पशुपालनमा आत्मनिर्भर वनाउन र उनीहरुको सिप र क्षमता वडाउन यस खालका कार्यक्रम ल्याईएको हो । अघिल्ला वर्षका नगरका निती तथा कार्यक्रममा समेत कृषी र पशुपालनलाई विषेश प्राथमिकता दिएको उनले वताए ।
नगरले पशुविमा,पशु नष्लसुधार र गोठ सुधारका लागी विभिन्न कार्यक्रम गर्दै आएको छ । नगरको पशुपन्छी शाखाका प्रमुख हेमचन्द्र दाहालका अनुसार नगरभित्रका किसानको जिवनस्तर उच्च वनाउन नगरपालिकाले विभिन्न किसीमका कार्यक्रमलाई प्राथमिकता दिएको हो ।
गत वर्ष मात्रै पथरीशनिश्चरेका सय भन्दा वडि किसानलाई पशुपन्छी तथा मस्य विकासका लागी अनुदान उपलव्ध गराईएको छ । पशुनष्ल सुधारका लागी कृतिम गर्भाधान सेवालाई पनि प्रभावकारी वनाइएको छ ।
पथरीशनिश्चरे नगरपालिकाले पशु नस्ल सुधार गर्न कृत्रिम गर्भाधान कार्यक्रम सुरु गरेको हो ।गत वर्ष नगरपालिकाले २ लाख रुपैयाँ विनियोजन गरेसँगै नगरका कृषकलाई कृत्रिम गर्भाधान तर्फ आकर्षित गर्न सुरु गरिएको हो ।
नगरले कृत्रिम गर्भाधान सेवालाई विस्तार गर्न नगर भित्रका प्राविधीकलाईं लिक्विड नाइट्रोजन लगायतका सामाग्री निःशुल्क उपलव्ध गराउन थालेको छ । गाउँमा ब्याडका लागि राँगा, गोरु र बोका पाउन मुस्किल हुन थाले पछि कृत्रिम गर्भाधानप्रति किसान आकर्षित हुन थालेका छन् ।
कृत्रिम गर्भाधानबाट जन्मेका बच्चालाई रोग नलाग्ने, गर्भ नतुहिने, जन्मेको बच्चा मर्ने सम्भावना कम हुने र त्यसबाट जन्मेका पशु बढी दुधालु हुने भएसँगै किसान आकर्षित हुन थालेको पथरीशनिश्चरे पशु सेवा केन्द्रका प्रमुख पर्वत शाह बताउँछन् ।
गाईलाई गाउँमै गोरु लगाउँदा झन्झट र लागत पनि बढी हुने भएकाले गाईमा कृत्रिम गर्भाधान गर्ने गरेको किसानहरू बताउँछन् । नगरका विभिन्न १० जना प्राविधिकले कृत्रिम गर्भाधान गर्दै आएका छन् । १० जना लाई कृत्रिम गर्भाधान का लागी आवश्यक लिक्विड नाइट्रोजन, सिमेन,ग्लोव र सिथ सम्म उपलब्ध गराउँदै आएको शाहले बताए ।
सिमेनको राजस्व लिने र अरू सामाग्री प्राविधिकलाई निःशुल्क उपलब्ध गराउँदै आएको नगरका पशुपन्छी शाखा प्रमुख हेमराज दाहालले जानकारी दिए । दाहालका अनुसार यस वर्ष नगरको पशुपन्छी शाखाले २ लाख ४० हजार लागतमा कृत्रिम गर्भाधानका लागी सामाग्री खरिद गरेर किसानमा कृत्रिम गर्भाधानको सेवा सुरु गरेको हो ।
पहिला प्राविधिकले कृत्रिम गर्भाधान गरेको ५सय देखी ८ सय सम्म लिँदै आएपनि नगरले प्राविधिकलाई सबै सामाग्री दिएपछि २सय ५० रुपैयाँमै सेवा दिँदै आएका दाहालले बताए । नगरले पहिलो पटक दर्ता भएका प्राविधिकलाई लिक्विड नाइट्रोजन र सिमेन भण्डारणका लागी रेफ्रि समेत निःशुल्क दिएको छ । नगरले पनि नाइट्रोजन भण्डारणका लागी कन्टेनर खरिद गरेको छ ।
‘पहिलो वर्ष विभिन्न प्राविधिकलाई ५ वटा रेफ्रि वितरण गरेका छौ ’ दाहालले भने ुआवश्यकता अनुसार अर्का वर्ष थप गर्ने छौ’ । नगरले यो कार्य भाद्र ७ वाट सुरु गरेको हो ।
हाल पथरीशनिश्चरे नगरभित्र मात्रै मासिक २६० भन्दा बढी गाई र भैसिमा कृत्रिम गर्भाधान हुँदै आएको छ । सेवा केन्द्रबाट पहिलो पटक कृत्रिम गर्भाधान सेवा सुरु गरिएको प्रमुख शाहले जानकारी दिए ।
पशु प्रजनन केन्द्र लहाल र विनायक अक्सिजन प्लान्ट विराटनगरबाट मासिक ७० लिटर लिक्विड नाइट्रोजन नगरमा आपूर्ति हुँदै आएको छ । नगरको यो कार्यबाट किसानहरू समेत कृत्रिम गर्भाधान मै आकर्षित हुँदै आएका छन् ।
त्यस्तै नगरको पशुपन्छि शाखाले नगरका विभिन्न स्थानमा पशु स्वास्थ्य शिविर सन्चालन गर्दै आएको छ भने नगरभित्रका सामुदायीक कुकुर वन्धाकरण र रेविज खोप कार्यक्रम समेत सन्चालन गर्दै आएको छ । गत वर्ष मात्र नगरका विभिन्न ६ स्थानमा पशु स्वास्थ्य शिविर सन्चालन गरेको थियो भने नगरपालिका भित्रका करिव २ सय कुकुरको वन्धाकरण र करिव ५ सय कुकुरमा निशुल्क रेविज खोप कार्यक्रम सन्चालन गरेको थियो ।
त्यस्तै गाई भैषीमा खोरेत विरुद्ध ,वाख्रामा पिपिआर र वंगुरमा स्वाइनफ्युल विरुद्धको खोप कार्यक्रम सन्चालन गरेको प्रमुख दाहालले जानकारी दिए । गाई र भैषिको वाझोपन नियन्त्रणका लागी वेग्लै शिविर समेत सन्चालन गरेको उनले जानकारी दिए ।
यस्तै नगरभित्र माछा र मासु आत्मनिर्भर वनाउने कार्यक्रम थालिएको छ । नगरभित्र उत्पादनहुने माछा को वजारीकरणका लागी माछा उत्पादन किसानका लागी माछा खाडी खन्ने देखि माछाका भुरा सम्म अनुदानमा दिन सु्रु गरिएको शाखा प्रमुख दाहाल वताउछन् । ‘माछा पाल्ने किसानको संख्या वडनुका साथै नगर भित्र माछामा आत्मनिर्भर वडाउन यसकिसीमका कार्यक्रम ल्याइएको हो’ दाहालले भने ।
माछा उत्पादक किसानहरु पनि पथरीमा आफुले उत्पादन गरेको माछा उपभोक्ताको माग अनुरुप पु¥याउन नसकिएको वताउछन् । पथरीशनिश्चरे नगरभित्र मात्रै ३० भन्दा वडि किसानले व्यावसायीक रुपमा माछा पालन गर्दै आएका छन् । भारत वाट आउने माछाको आयातलाई निरुत्साहित गर्न पनि यहाँ माछा पालन गर्नु पर्ने किसानहरु वताउछन् । हाल पथरीशनिश्चरे नगरभित्र रहु,नैनि,मुग्री र पङ्गास जातका माछा उत्पादन हुदै आएको छ । पथरी वजार भित्र स्थानिय माछाको खोजी भएपनि सस्तो दरमा आउने भारतिय र अन्य क्षेत्रका माछा व्यापारीले वेच्दै आएका छन् । नगरपालिकाले यस आर्थीक वर्षमा कृषी जन्य उत्पादनका रुपमा रहेको माछाको वजारीकरणका लागी विषेश पहल थाल्ने वताएको छ ।
पथरीशनिश्चरे नगरलाई वंगुर उत्पादनको हव वनाउन सकिने यहाँका किसानहरु वताउछन् । पथरीशनिश्चरे ५ का किसान रमेश गिरी यहा उत्पादन गरिएका वंगुर देशका विभिन्न क्षेत्रमा पुगीरहेकाले यहा थप वंगुर पकेट क्षेत्रका रुपमा कार्य गर्न सकिने वताउछन् । विभिन्न समस्या छ तिनको समस्या पहिचान गरि समाधान गर्न सके यो क्षेत्रलाई वंगुर पालनको आर्कषणको क्षेत्र वनाउन सकिने उनको भनाइ रहेको छ । उनले हाल व्यावसायीक रुपमा भोटेधुम्ती कृषी फर्म मार्फत योर्कसायर,हेम्सायर,ड्युरोक लगायतका वंगुरका पाठापाठी उत्पादन गरि वजारमा पु¥याउदै आएका छन् ।
विदेश वाट फर्किएका युवाको पहिलो आर्कषण वंगुर पालन रहेको छ तर उनीहरुलाई व्यावसायीक वन्न विभिन्न समस्या रहेका छ । वंगुर किसानलाई समेत विभिन्न कार्यक्रम ल्याउन लागीएको छ । वंगुरको नष्लसुधारका लागी हाल निजि क्षेत्र वाट कृतिम गर्र्भाधान कार्यक्रम भइरहेपनि पथरीशनिश्चरे नगरपालिकाले समेत वंगुरको नष्लसुधारका लागी कृतिम गर्भाधान कार्य सुरु गर्न लागेको छ । पथरीशनिश्चरे वाट काठमाडौ पोखरा लगायतका शहरमा मासु प्रयोजनका लागी वंगुर विक्रि गरिदै आएको छ भने यहा वाट उत्पादित पाठापाठी पनि अन्य क्षेत्रमा लोकप्रिय रहेका छन् ।
वधशाला निर्माण पछि नगरवासीले स्वच्छ मासु पाउने
स्वस्थ मासुको विक्रिवितरण गर्न नगरले वडा नम्बर १ मा आधुनिक वधशाला निर्माण गरेको छ । करिब ७५ लाख रुपैयाँको लागतमा वधशाला निर्माण गरिएको पथरीशनिश्चरे नगरपालिकाको पशुपन्छी शाखाका प्रमुख हेमचन्द्र दाहालले बताए ।
वधशाला निर्माण पछि पथरी बजारमा बाहेक अन्य ठाउँमा मासु बेच्न बन्द गर्न लागेको दाहालले बताए । पथरीशनिश्चरे नगरपालिकाको २५ लाख तथा पशुपन्छी तथा मत्स्य विकाश निर्देशनालय विराटनगरको ५० लाख रुपैयाँमा सो वधशाला निर्माण भएको हो ।