पथरी शनिश्चरे–५ मा पशु तथा कृषि बजार सञ्चालन सुरु

पथरी शनिश्चरे–५ मा पशु तथा कृषि बजार सञ्चालन सुरु

पथरी
पथरी शनिश्चरे नगरपालिका–५ स्थित भेटघाट चौकमा आजदेखि प्रत्येक बुधबार बिहान ७ बजेदेखि पशु तथा कृषि बजार सञ्चालनमा आउने भएको छ । नगर प्रमुख मोहनप्रसाद तुम्बापोले बजारको उद्घाटन गर्नु भएको हो । बजार सञ्चालनका लागि स्थानीय समाजसेवी कृष्णबहादुर थापा (रोजु कोटा)ले ५ कट्ठा जग्गा दान गर्नुभएको छ । वडा सदस्य मुना कार्की खड्काका अनुसार बजार स्थापना गर्ने उद्देश्य स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुका साथै बजार प्रवर्द्धन बढाउनु रहेको छ । उद्घाटन समारोहमा व्यवस्थापन समितिले पहिलो पटक पशु खरिद/बिक्री गर्ने व्यापारीलाई विशेष सम्मान समेत गरेको थियो ।

सम्बन्धित खवर