बैतडीमा महिलाको शव फेला

बैतडीमा महिलाको शव फेला

बैतडी: बैतडीमा महिलाको शव फेला परेकाे छ। शनिबार पुर्चौडी नगरपालिकास्थित जमाडी खोला किनारमा अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेकाे हाे।

खोलामा बगेर आएकी महिलाको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। स्थानीयले खोला किनारमा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

← Back

Thank you for your response. ✨

सम्बन्धित खवर