भानु जयन्तीमा अर्बिट स्कुलले अनलाइन रामायण एवं कविता वाचन प्रतियोगिताको आयोजना गर्ने

भानु जयन्तीमा अर्बिट स्कुलले अनलाइन रामायण एवं कविता वाचन प्रतियोगिताको आयोजना गर्ने

“स्रष्टाको सम्मान गरौं, साहित्यको सेवा गरौं” भन्ने मूल नाराका साथ चितवनको भरतपुर महानगरपालिका ५ स्थित अर्बिट स्कुलले रामायणका साथै नेपाली भाषामा कविता वाचन प्रतियोगिता गर्ने जनाएको छ। उक्त कविता वाचन प्रतियोगिता यस संस्थाले आदिकवि भानुभक्त आचार्यको २०७ औं जन्मजयन्ती लाई केन्द्रीत गरेर राखेको हो।

यस प्रतियोगितामा नेपालमा बसोबास गर्ने नेपाली साहित्य प्रति अनन्त प्रेम भएका सबै उमेर समूहका व्यक्तिहरुले भाग लिन पाउने यस विद्यालयले जानकारी दिएको छ। यति मात्र नभई हालै लकडाउन लाई पनि ध्यानमा राखेर यस विद्यालयले भानुभक्तले नेपाली भाषाको शसक्तिकरण लाई लक्षित गरेर लेख्नुभएको ‘रामायण’ को ३ मिनेटको भिडियो रेकर्डिङ गरेर विद्यालयलाई सिधै पठाउन सक्ने व्यवस्था पनि गरेको छ।

विद्यालय व्यवस्थापक हरुका अनुसार इच्छुक व्यक्तिहरूले सहभागिता जनाउनको लागि यस विद्यालयको फेसबुक पेजको म्यासेज बक्सबाट सिधै भिडियो पठाउन सक्ने व्यवस्था गरिएको छ।

यति मात्र नभएर यस प्रतियोगितामा सहभागी हुन चाहनु हुने व्यक्तिहरुले आफ्नो भाइबर या वाट्सन एप मार्फत ९७७९८४२१२३६३८ नम्बर मा पनि आफ्नो कविताको भिडियो यस प्रतियोगिताको लागि विद्यालयलाई पठाउन सक्नुहुनेछ। उक्त प्रतियोगितामा प्रथम हुने प्रतियोगिलाई रु. २५००/- नगदले सम्मान गरिनेछ भने द्धितीय हुने प्रतियोगिलाई रु. १५००/- नगदले सम्मान गरिने आयोजक समितिले जानकारी दिएको छ। यस प्रतियोगितामा भाग लिन चाहने प्रतियोगिहरुले यही असारको २८ गते विहान १० बजे सम्म आ-आफ्नो रचना माथि उल्लेखित ठेगानामा पठाइसकेको हुनुपर्ने छ। यस प्रतियोगिताको मिडिया पार्टनर हरु “फायर वर्ड्स डेली” अनलाइन पत्रिका, “कालिका एफ. एम” एवं “प्रदेश दैनिक अनलाइन पत्रिका” रहेका छन्।

सम्बन्धित खवर