बिहीबार काठमाडौंमा थप ३२ जनामा कोरोना संक्रमण

बिहीबार काठमाडौंमा थप ३२ जनामा कोरोना संक्रमण

 

काठमाडौं – बिहीबार काठमाडौं उपत्यकामा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उपत्यकामा ३२ जना संक्रमित थपिएका जानकारी दिनुभयो ।

बिहीबार थपिएका संक्रमित मध्ये काठमाडौंमा २८, भक्तपुरमा २ र ललितपुरमा २ जना रहेका छन् । काठमाडौं उपत्यका सहित बिहीबार नेपालमा थप ४ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । नेपालमा कुल संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ ।

सम्बन्धित खवर