लागुऔषध सहित झापाबाट एक युवक पक्राउ

लागुऔषध सहित झापाबाट एक युवक पक्राउ

 

दमक : झापाको गौरादह–४ डोरामारीका ३४ बर्षीय सुमन भण्डारी प्रतिवन्धित लागुऔषध सहित पक्राउ परेका छन् ।

कमलगाउँपालिका–५ लवडाँडा स्थित राजमार्गमा मे ५ प ७५९८ नम्बरको मोटरसाईकलमा आएका आइतबार साँझ उनी पक्राउ परेका हुन् ।

भण्डारीलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट २ ग्राम ९५ मिलिग्राम खैरोहिरोइन ब्राउनसुगर फेला पारी बरामद गरिएको प्रदेश १ प्रहरी कार्यालय सूचना समन्वय शाखाले जानकारी दिइएको हो ।

उनलाई बिशेष सुराकका आधारमा लागुऔषध ब्युरो काकँडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो । उनलाइ इलाका प्रहरी कार्यालय दमकमा राखी कानुनी कारबाही अगाडी बढाईएको छ ।

सम्बन्धित खवर