सिरहामा थप ६ जनामा कोरोना संक्रमण पुष्टी

सिरहामा थप ६ जनामा कोरोना संक्रमण पुष्टी

राजेन्द्र महतो, लहान

सिरहामा थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सिरहाको लहान नगरपालिका स्थित जे. एस. मुरारका क्याम्पस क्वारेन्टिनमा रहेकी एक महिला र ५ जना पुरुष गरि ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोना संक्रमण पुष्टी भएकाहरुलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले बताएका छन्। योसंगै सिरहामा संक्रमितको संख्या १६० पुगेको छ।

सम्बन्धित खवर