चट्याङ लागेर सुनवर्षीमा १ जनाको मृत्यु

चट्याङ लागेर सुनवर्षीमा १ जनाको मृत्यु

डायनिया, मोरङ सुनवर्सी नगरपालिका ५ रमनपुरमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । स्थानीय ७० बर्षीय महादेवलाल दासको विहिबार दिउसो चट्याङले लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

दिउसो पौने २ बजे आफ्नै खेतमा धान रोपीरहेको अवस्थामा बर्षासंगै आएको चट्याङले लाग्दा दासको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सम्बन्धित खवर