युवा जगरले ग¥यो सुर्तिसेवनले पार्ने असरका बारेमा सचेतना कार्यक्रम

युवा जगरले ग¥यो सुर्तिसेवनले पार्ने असरका बारेमा सचेतना कार्यक्रम

उर्लाबारी, सुर्तिसेवनबाट हुने असरका बारेमा उर्लाबारीमा १ दिने अभिमुखिकरण गोष्ठि सम्पन्न भएको छ । युवा जागरण नेपालको आयोजनामा मंगलबार सो कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोग र उर्लाबारी नगरपालिकाको समन्वयमा सो कार्यक्रम सम्पन्न भएको संस्थाका अध्यक्ष अर्जुन बास्तोलाले जानकारी दिनुभयो । उर्लाबारी ३ मंगलबारेमा रहेको दुर्गा मन्दिरको हलमा बालक्लव, युवा क्लव, महिला संजाल, ज्योष्ठ नागरिक, वडाका जनप्रतिनिधिहरु तथा समाजका अगुवाहरुको सहभागितामा सुर्ति सेवनले मानव स्वास्थ्यमा पार्ने असरका बारेमा सचेतना गरिएको थियो ।


कार्यक्रमको सहजिकरण संस्थाका सल्लाहकार रुद्र बहादुर तामाङले गर्नुभएको हो । कार्यक्रममा सहभागीहरुले अन्तरक्रियात्मक रुपमा सहभागिता जनाएका थिए । युवा जागरणले सोही कार्यक्रम अन्तरगत जिम्मेवार नागरिक स्वास्थ्य जिवन शैली नामक रेडियो कार्यक्रम, टेलिभिजन कार्यक्रम लगाएतका विभिन्न स्वास्थ्य कार्यक्रमहरु संचालन गरिरहेको संस्थाका सचिव तिलक नेपालीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर