तेह्रथुमको आठराई गाउँपालिका ५ छातेढुङ्गा स्थित तमोर नदीको प्याङ्गे दोभानबाट सोमबार दुईजना बालकहरू बेपत्ता भएका छन् ।
आठराई गाउँपालिका ५ छातेढुङ्गा होडाका १५ वर्षीय सन्तोष तामाङ र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका २ जुकेटारका १८ वर्षीय रन्जित शेर्पा तमोर नदिमा डुबेर बेपत्ता भएका हुन् ।
आँप खान तमोर नदीमा किनारमा गएका उनीहरु अपराहृन बगेर बेपत्ता भएको ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक शेषकराम थान्दारले जानकारी दिनुभयो । बेपत्ता भएकाहरूको खोजी छातेढुङ्गा र चुहानडाडा प्रहरी चौकीबाट परिचालित प्रहरी टोलीहरूबाट भइरहेको बताइएको छ ।