पोखरामा खुसियाली, नेविसंघले ग¥यो दिप प्रज्वलन

पोखरामा खुसियाली, नेविसंघले ग¥यो दिप प्रज्वलन

संजय आचार्य, पोखरा

प्रतिनीधि सभाबाट कालपानी, लिपुलेक र लिम्पियाधुरा सहितको नँया नक्सा समावेश गरेर निशाना छाप जारी गरेपछि नेपाल बिद्यार्थी संघ ला ग्राण्डी इकाई समितिले दिप प्रज्वलन कार्यक्रम गरेको छ ।

कार्यक्रमको विशेष अथिती नेपाल विद्यार्थी संघ कास्किका निवर्तमान अध्यक्ष पर्शुराम बस्नेत, अथितिहरु नेपाली काङ्ग्रेसका जिल्ला सदस्य लक्षमण पहारी, नेपाल विद्यार्थी संघ कास्कीको अध्यक्ष मनोज रानाभाट, नेपाली काङ्ग्रेस कास्कीका युवा नेता कवि पहारी, नेपाल विद्यार्थी संघ कास्किका विद्यार्थी नेता निराकर सिग्देल, अभिषेक गिरि, सुबास खड्का, अपिल भट्टराई, निर्देश पौडेल, बिजय घिमिरे, नेबिसंघ पोखरा ३३ इकाइ सभापति पवन अधिकारी, तरुण दल कास्कीका नेता रोजन शाही लगायत अन्य विद्यार्थी नेताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाल विद्यार्थी संघ ला ग्रान्डी पुर्ब इकाइ समितिमा कार्यरत सबिता महत, सुमन सुनार, इश्वर पहारी र बिकास भण्डारी तथा हाल कार्यरत जानू त्रिपाठी, सपना थापा र आयुश बाटाजुको पनि सहभागिता रहेको थियो । पत्रकार, नागरिक समाजका अगुवा तथा अन्य सहभागीहरुले दिप प्रज्वलन गरेर खुसियाली साटासाट गरे ।

कार्यक्रम संचालन नेपाल विद्यार्थी संघ ला ग्रान्डीका निबर्तमान सभापति विनय पौडेलले गर्नु भएको थियो ।कार्यक्रमका सह संयोजक रहनु भएका नेपाल बिद्यार्थी संघ ला ग्राण्डी ईकाईका प्रभाबसाली नेता संस्कार कोइराला अनुसार नेपाल बिद्यार्थी संघ स्थापना कालदेखि नै देश जनता र बिद्यार्थीहरुको हितको लागि काम गर्दै आएको र चाहिएको बेला अवाज उठाएको छ। कोइरालाले नेपाल बिद्यार्थी संघ अहिलेको समयमा सरकारको केही कार्यको बिरोध गर्दै आएको भएता पनि दोस्रो संसोधन रास्टि«यताको पक्षमा भएकाले पूर्ण रूपमा समर्थन गर्ने बताए ।

सम्बन्धित खवर