असार सात गते सुर्य ग्रहण लाग्ने, यी राशी भएकालाई विशेष फाइदा

असार सात गते सुर्य ग्रहण लाग्ने, यी राशी भएकालाई विशेष फाइदा

आउदो असार ७ गते आइतबार सुर्य ग्रहण लाग्दैछ । खण्डग्रास सुर्यग्रहण भनेर यस्को नामाकरण गरेको छ । बिहान १० बजेर ५३ मिनेटमा प्रारम्भ हुने यो ग्रहण १२ बजेर ४० मिनेट मध्य अवस्थामा आउँछ र २ बजेर २४ भन्दा पछाडीको समयमा यो सकिने छ । यो ग्रहणको अवधि ३ घण्टा ३१ मिनेटको हुनेछ ।

खण्डग्रास सुर्यग्रहण २ नक्षत्रलाई समेटेर लाग्दैछ । मिथुन राशिमा लाग्ने कारणले यसलाई विशेष रुपमा हेरिएको छ । बीचको ३ घण्टा ३१ मिनेटमा हामीले बिशेष सावधानी पुर्याउनु पर्दछ । मृगशिरा र आरार्ध्या नक्षत्रमा हुने र मिथुन राशीमा हुने हुनाले यस्ले १२ राशिमा फरक फरक असर पार्नेछ ।

वृष, मिथुन,कर्कट, तुला, वृश्चिक, धनु ,कुम्भ र मीन राशीमा नकरात्मक प्रभाव पर्ने भएकाले हेर्न मिल्दैन । यस्तै मेष, सिंह, कन्या र मकर राशिले भने ग्रहण हेर्दा विशेष फाईदा हुनेछ ।

मेष राशिले ग्रहण हेर्दा लक्ष्मी प्राप्त हुनेछ भने सिंह राशिलाई लाभ मिल्ने छ । त्यस्तै कन्या तथा मकर राशिहरुको लागि सुख प्राप्त हुनेछ ।

सम्बन्धित खवर