डम्बर सिन्चिउरी, जाँते
लामो समयदेखि मुटुरोगले थलिएका एकजनालाई प्रदेश सभा सदस्य उपेन्द्र घिमिरेले सहयोग गरेका छन् । लामो समय देखि मुटु तथा उच्च रक्तचाप रोगबाट थलिएका लेटाङ्ग ८ लालझोडा निवासी तत्कालिन जाँते गाउँ विकास समितिका उपाध्यक्ष एवं स्थानिय समाज सेवी नरसिं बहादुर राईलाई सोमबार घिमिरेले सहयोग गरेका हुन् ।
सोमबार बिहान विरामी राईको घरैमा पुगेर सभासद घिमिरे कै पहल कदमीमा नेपाल कम्युनिष्ट पार्टी कमिटि जाँते द्वारा संकलित नगद रु ५० हजार सहयोग प्रदान गर्नु भएको उहाँका स्वकिय सचिव राज शम्शेर थापाले जानकारी दिनुभयो । थापाका अनुसार आर्थिक अभावका कारण उपचार ढिलो हुँदा बिरामीको ज्यानै जोखिममा रहेकाले स्थानिय नेकपाका संगठित सदस्यहरु मार्फत उक्त रकम संकलन गरी सभासद मार्फत हस्तान्तरण गरीएको हो ।
यसै गरी उपचारका लागि उक्त रकम प्राप्त भएसँगै बिरामीलाई सभासदका स्वकिय सचिव थापा र राष्ट्रिय युवासंघ नेपालका लेटाङ्ग नगर सहसंयोजक एवं युवा समाजसेवी उर्गेन योन्जन तामाङ्गको सहयोगमा एम्बुलेन्स्को व्यावस्था गरी सोमबार नै उपचारार्थ विराटनगर तर्फ पठाईएको जनाएको छ ।
साथै स्थानिय समाज सेवीको यस्तो अवस्थासँगै आर्थिक स्थिति पनि अति नाजुक देखिएकोले अब लेटाङ्ग नगरभित्रका युवाहरुको सक्रिययतामा रकम संकलनमा राष्ट्रिय युवा संघ लाग्ने संघका लेटाङ्ग सहसंयोजक उर्गेन तामाङ्गले वताए ।