लागुऔषध सहित १ जना पक्राउ

लागुऔषध सहित १ जना पक्राउ

सुनसरी, सुनसरीको धरान उप महानगरपालिका ९ बाट ठुलो परीणामको लागुऔषध र नगद सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ। आज दिउँसो साँढे २ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान ९ बगैचा टोलबाट स्पास्मोप्रोक्सिवन प्लस १ अजार २८० क्याप्सुल, न्युट्रोसन ३ सय ट्याबलेट, डाइलेक्स डिसी १ सय एमएल लेखिएको ८० बोतल, नगद रु दुईलाख सैतिस हजार र मोवायल १ थान सहित स्थानीय ४१ बर्षीय शुभचन्द्र राईलाई पक्राउ गरेको हो ।

लागुऔषध र नगद सहित पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

सम्बन्धित खवर