हाम्रो सानो प्रयासको सहयोगमा बाड्न लागेको राहत समाग्री तयारी अस्थामा

हाम्रो सानो प्रयासको सहयोगमा बाड्न लागेको राहत समाग्री तयारी अस्थामा

विवेक शर्मा, रौतहट
हाम्रो सानो प्रयास (अभियान) काठमान्डौको सहयोगमा बाड्न लागेको राहत सामग्री पुर्णरुपमा तयारी भएको छ । अति विपन्न, असहाय तथा गरिव परिवारलाई सो राहत वितरण गर्न लागिएको हो ।

जस्ले अहिले बन्दाबन्दीको समयमा खाना नपाएर समस्या रहेको छ त्यस्ता परिवारहरुको लागि राहत वितरण गर्ने भएको हो । रौतहट जिल्लाको गरुडा नगरपालिकाको वार्ड न २ तथा गढीमाई नगरपालिकाको विनगरा टोलमा पहिलो चरणको राहत वितरण गर्ने सामग्री तयारी अवस्था रहेको सृजनात्मक समाज कल्याण केन्द्र नेपालका अध्यक्ष रामसोगारथ शर्माले जानकारी दिनुभयो ।

विश्व भरी महामारीको रुपमा फैलिएको कोरोनाको कारणले गर्दा देश २ महिना देखि बन्दाबन्दी अवस्था रहेको छ । यस्तो समयमा ज्यालादारी गरेर खानेहरुका लागि सक्दो सहयोग गर्न तथा आफुले एउटा सानो प्रयासको थालनी गरेको अध्यक्ष शर्माले बताउनुभयो ।

हाम्रो सानो प्रयास काठमान्डौको आर्थिक सहयोगमा र सृजनात्मक समाज कल्याण केन्द्र नेपालको आयोजनामा २० केजी चामल, १ केजी स्वाबीन तेल, १ केजी नुन, ५ केजी आलु २ पिस हाथ धुने साबुन राहत वितरण गर्न तयारी अवस्था रहेको विवेक शर्माले जानकारी गराउनुभएको छ ।

हाम्रो सानो प्रयासले काठमान्डौमा आज महिनौ देखि भोका, गरिव, असहाय व्यक्तिहरुलाई पोषिलो खाना खुवाउने अभियान संचालनमा राखेको हाम्रो सानो प्रयासको कोर टिमको सदस्य पुकार भामले जानकारी दिनुभयो।

सम्बन्धित खवर