खेलकुद पूर्वाधार विकास :जहाँ हक्की मैदानको योजना छैन

खेलकुद पूर्वाधार विकास :जहाँ हक्की मैदानको योजना छैन

पोखरा : नेपालमा हालैमात्र १३ औँ साग सम्पन्न गर्न पूर्वाधारहरु निर्माण भए । विभिन्न खेल पूर्वाधारहरु त निर्माण भए तर सागमा १२ औँ सागमा पदक हात पार्न सफल हक्की खेल भने १३ औँ सागमा समेटिएन । कारण थियो हक्कीको पूर्वाधार नहुनु ।

विकसित राष्ट्रहरुले विकासको सूचकको रुपमा खेलकुद र खेल पूर्वाधारलाई समेत लिने गरको पाइन्छ । तर, नेपालमा भने पदक हात पारेको खेलकै मैदान समेत छैन । हक्की खेल आयोजना गर्नुप¥यो भने पनि अन्य खेल मैदान मागेर प्रतियोगिता आयोजना गर्नुपर्छ । यस्तो समस्या एउटा खेलमा मात्र होइन, अन्य खेलमा समेत रहेको छ ।

आगामी फागुनमा गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना हुँदैछ । तर, हक्की खेल कहाँ खेलाउने भन्ने अझै निक्र्यौल भएको छैन । प्रदेशको राजधानी पोखरामा नवौँ राष्ट्रिय खेलकुदअन्र्तगत अधिकांश खेलहरु हुनेछन् । हक्कीको पनि सम्भावना भने पोखरा नै रहेको छ । तर, पोखरामा हक्कीको मैदान भने छैन । त्यसो त हक्कीको मैदान नेपालमै छैन ।

पोखरामा फुटबल रंगशाला र अभ्यास मैदानको लागि समेत बजेट निकासा हुँदा हक्की खेलको लागि भने बजेट छुट्टिएको छैन । ‘नत बजेट छ न त मैदान नै छ’, नेपाल हक्की संघ केन्द्रीय उपाध्यक्ष तथा पूर्वहक्की खेलाडी हिमाल खड्काले भने, ‘अनौपचारिक रुपमा मैदानको लागि जग्गा खोज्ने काम भएको छ ।’

२०१० सालतिर भित्रिएको हक्की नेपालको पुरानो खेलमध्येको एक हो । तर, आन्तरिक खिचातानी, व्यवस्थापनको कमीले हक्की खेलको विकास भने हुन सकेन । ‘लामो समयसम्म व्यवस्थापन तथा आन्तरिक खिचातानीको कारणले खेलको विकास हुन सकेन । तत्कालीन पदाधिकारीहरुमा दूरदर्शीता नभएको कारणले खेलको लोकप्रिय पनि भएन, खेल पूर्वाधारको विकास हुन सकेन’, उपाध्यक्ष खड्काले भने, ‘२०५२ सालपछि संघको पुनः तदर्थ समिति गठन भए लगत्तै २० वर्षसम्म सोही समितिले काम गरेको थियो ।’

२०७२ सालमा अधिवेशन भएलगत्तै पुनः खेल र खेल पूर्वाधार विकासले गति लिने आशा लिइएको उनले सुनाए । अन्तर्राष्ट्रिय हक्की फेडेरेसनले जग्गा उपलब्ध भए करिब १० करोड रुपैयाँसम्म सहयोग गर्ने जनाए पनि जग्गा उपलब्ध नहुँदा उक्त रकमसमेत अन्यन्त्रै गएको उनले बताए । पहाडी क्षेत्रमा भने हक्की पोखरामा मात्र खेलिन्छ । नवौँको लागि भने हक्कीको पूर्वाधारतर्फ राष्ट्रिय खेलकुद परिषद् (राखेप) कुनै तयारी गरेको देखिदैँन ।

अहिले नै पूर्वाधार तथा वैकल्पिक मैदानको बारेमा नसोच्ने हो भने नवाँैमा हक्की कहाँ हुने भन्ने निक्र्योल हुँदैन । पोखराको पृथ्वीनारायण क्याम्पसमा रहेको मैदानलाई राष्ट्रिय स्तरको मैदानको रुपमा खेलाउज सकिन्छ । २०२४ सालमा सोही मैदानमा हक्की खेल भएको थियो । राखेप सदस्य राजेश गुरुङले भने लकडाउन खोलेपछि हक्की मैदानको लागि विकल्प खोज्ने बताए ।

सम्बन्धित खवर