क्लियोपेट्राका बिजेतालाई भू.पू.ले नगदसहित सम्मान ग¥यो

क्लियोपेट्राका बिजेतालाई भू.पू.ले नगदसहित सम्मान ग¥यो

पथरी, क्लियोपेट्रा ईभेन्ट्सद्वारा मोरङको पथरीशनिश्चरेमा आयोजित ‘लिटल मिस्टर एण्ड मिस टिन युनिभर्स पथरी सिजन १’ को जुनियर क्याटोगोरी अन्तर्गत भएका बिजेता र उपबिजेता (फस्ट रनरअप) लाई विद्यालयले नगदसहित सम्मान गरेको छ ।

शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरी भू.पू.सैनिक अङ्ग्रेजी विद्यालयमा अध्ययनरत् स्काई पौडेल (बिजेता) र निङ्वा लिम्बू फस्ट रनरअपलाई सम्मान गरेको विद्यालयका प्रधानाध्यापक उपेन्द्र कँडेलले जानकारी दिनुभयो । विद्यालयले बिजेतालाई नगद पाँच हजार पाँच र उपबिजेतालाई तीन हजार पाँच रुपैँयासहित सम्मान गरेको कँडेलले जानकारी दिनुभयो ।

सो कार्यक्रममा इभेन्ट म्यनेजमेन्टका तर्फबाट सुसान्त तामाङ र ड्रेस डिजााइनर सबिना मगरको उपस्थिति रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर मगर लगायत समितिका पदाधिकारी र बिजेता, उपबिजेताका अभिभावकको पनि उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर