‘कोरोना भन्दा कहालीलाग्दो धार्मिक र क्षेत्रीय विभेद’

‘कोरोना भन्दा कहालीलाग्दो धार्मिक र क्षेत्रीय विभेद’

प्रबेश खड्का

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभीड–१९) ले यतिबेला विश्वनै अत्यन्तै कठिन र रक्षात्मक स्तिथिमा छ ।

विश्वनै जटिल परिस्थितिमा रहेको बेला नेपाल पनि अछुतो रहने त कुरै भएन । देश पुरै लकडाउन छ । उद्योगधन्दा कलकारखाना ठप्प छन । अझ हाम्रो देशमा त न्यून आय भएका ब्यक्तिहरुको रोग भन्दापनी भोकले मर्नुपर्ने संकटग्रस्त स्तिथी आइसकेको अबस्था छ ।

तर त्यो भन्दा पनि ‘कहालीलाग्दो अर्को स्थिति आइसकेको छ त्यो हो धार्मिक र क्षेत्रीय विभेद’ । यस्ले झन् अपत्यारिलो ढंगले बिकाराल स्तिथि ल्याउने क्रममा छ । पहिला चर्चा गरौं धार्मिक,साम्प्रदायिक विभेदको केहि दिन अगाडि उदयपुरमा भारतबाट आएका १२ जना मुस्लिम धर्मगुरुहरुमा कोरोना पोजेटिभ देखिए पछि पुरै देश नै आतंककित बन्यो र मुस्लिम समुदायलाई लक्षित गरेर विशेष त समाजिक संजाल र समाजमै पनि घृणा ,बहिष्कार जस्ता अमानवीय हर्कतहरुको सुरुवात भयो ।

यसले मानिसलाई यतिसम्म आतंकीत तुल्यायो कि मुस्लिम समुदायको पैसानै चल्न छाड्ने स्तिथी सम्म पुग्यो । जसले गर्दा मुस्लिम समुदाय हिन्दु समुदायसँग आक्रोशित हुन थाले भने हिन्दु र मुस्लिम बीचनै चरम बिभेदको स्तिथीमा समाज पुग्यो । मुस्लिम समुदायमा घर्मगुरुहरु जमाती आउने नियमित प्रक्रियानै भएको र सधैंझै यस पटकपनि आएका घर्मगुरुहरुमा कोरोना नै छ कि छैन भन्ने आफुहरुलाई थाहानभएको ,आफुहरु निर्दोष रहेको तर बास्तबिकतानै नबुझी मुस्लिमहरु माथी दोषारोपण गरेको भन्ने उनीहरुको तर्क थियो तर जे जसो भयतापनी एक किसिमको धार्मिक, साम्प्रदायिक विभेद चरम उत्कर्षमा पुगेको तथ्य चाहिँ सत्य हो ।

दोस्रो, क्षेत्रीय बिभेद स पछिल्ला केहि दिनहरूमा उदयपुर घर भएकै कारण अस्पतालहरुले भर्ना नलिने अपरेसन थ्रिएटर बाटै गर्भवती महिलालाई निकाल्ने सम्मका र उदयपुर घर भएकालाई देशको अन्य ठाउँमा जादा नकारात्मक दृस्टिकोणले हेर्ने किसिमको यो बिभेदपनि कम्ती कहालीलाग्दो छैन ।

केही महिना अघि उतरअमेरिका र क्यानाडामा गरिएको चिनियाँ नागरिकमाथीको विभेद ,युक्रेनमा चिनियाँ बिद्यार्थीमाथी गरिएको आक्रमण ।

दक्षिण कोरिया ,हङकङ ,जापान ,भियतनामका रेस्टुरेन्टहरुले चिनियाँ नागरिकहरु माथी गरेको प्रतिबन्ध समाचारमा पढ्न र सुन्न पाइन्थ्यो तर आफ्नै आँखा अगाडीको यो घटना पनि त्यत्तिकै बिभेदकारी रहेको प्रष्टसँग देखिन थालेको छ ।

त्यसैले “मुस्लिम समुदाय माथी जून किसिमको सामाजिक बहिस्कार र पैसा नचल्ने स्तिथी आयो,गर्भवती महिलालाई उदयपुरे भएकै आधारमा अस्पतालबाट निकालियो यो कोरोना भन्दा कहालीलाग्दो छ ।”

भाइरसको कुनै पनि जात , समुदाय , धर्म , लिङ्ग ,बर्ग विशेष हुदैन भनेर जबसम्म हाम्रो समाजमा चेतना आउदैन तबसम्म यो विभेद जारी नै रहनेपक्का छ, त्यसैले समाजिक सचेतना अपनाउन ,आतंकित हैन सचेतबनाउन हामी सबै लाग्नुपर्ने बेला आएको छ ।

                  –लेखक खड्का अनेरास्ववियू विद्यार्थी नेता हुन् ।

सम्बन्धित खवर