कविता : प्रभासमा भासिएका सुकुम्बाशि बासुरिहरु

कविता : प्रभासमा भासिएका सुकुम्बाशि बासुरिहरु

सुजन बुढाथोकी

ऐलै संसारभर कोरोनाको महामारी
फैलिएको छ !
मान्छेका घरहरुबाट अलि पर सरेर
र जनावरहरु झै गरेर
सडक किनारमा
शान्त निदाइरहेका कुनै पात्र हो
यो बासुरी सोल्टा !!

ऐले बिस्वभर माहामारी फैलिएको छ
हुनेहरुले घरभरि अन्न भण्डारण गरेर राखेका छन
नहुनेहरु?
आफ्नु मालिकले
दरवारका दर्बाजाहरु कैले खोल्ला र
मलाइ भातका डल्लाहरु फुत्तफ्याक्ला भनेर
पर्खिरहेछन भिखारिहरु।

छिमेकिकोमा पाकिरहेको भोज भतेरहरुबाट
आइरहेको अबिरल बास्नाहरुसङ्गै
जहाँ ,गरिब लोकहरुले
मेटाइरहेछन भोकमारिहरु ।।

सोचिरहेछु सरकार
आखिर यो देस्मा महामारी र
दसैतिहार बिचको अन्तर नै के रहेछ र?

खान नपाएर छट्पटाइरहेछ ।

बासुरि सोल्टा!
बिलकुल यी याबत कुराहरुबाट अलिपर सरेर
बाटोमा निदाइरहेछ।

बासुरी सोल्टा!
कहाँ एक्लै छर?
उ जस्तै निन्याउरो अनुहार लाएर
कयौ,हप्ता महिना दिनदेखि
भोकाएर बाटोको किनारमा थिग्रीरहेछन
उस्का नजिकका साथिहरु
एकसाथ निदाइरहेछन
र कयौ कुकुरहरु ।

क्वारेन्टाइनको नियममा बाधिएर
घरमा बसिरहेको बेलामा
मैले अचानक आज
बासुरि सोल्टालाइ सम्झेको हु।

दिनभरि मज्दुरी गर्दै हिड्ने मान्छे
पनि बासुरी सोल्टा नै हो।

चैत बैसाखको हुरिले घरघुरी उडाएपछी
झ्यालढोकाहरुबाट हावाहरुसङ्गै
बाहिर निस्किएर
अनि बतासले पातको झोकाहरुमा
समधुर सङ्गित बजाए झै गरि
र कोइलीचरी र न्याउलि जसरी
प्रसब बिरक्त बेदनाले रन्थन्निएर
सुस्त सुस्केराहरु हाल्दै
मानव बस्तिहरुमा आएर बाटोभरी
अनि बिरहले बिचरा
बिलकुल थोत्रो बासुरी बजाएर हिडिरेछ
बासुरी सोल्टा

जनावारहरुको हुलमा
हराइरहेछ।

यो सन्सारमा सायद,
बासुरी सोल्टाको अबतारहरु धेरै छन

मोहन कोइरालाको
गाइने सारङ्गी साइला दाइ पनि उनै हो
मान्छे भएर पनि मेशिन जस्तो
जो अरुका लागि आवाजहरु निकालेर
आफ्नु भोको पेटको नाङ्गो तारहरु रेटेर
रित्तो गितारहरु झै
जो आफू हर समय गित गाएर हिड्छ

दिनेश अधिकारीको हर्कबहादुर पनि उ नै हो
जो, जमिन्दारको जमिनमा
टन्न सयमन धान फलाएर पनि
आफ्नु पसिनाको सर्वस्व मोल साहु खुवाएर
आफू अन्न बाहिरको खोल खाएर हिड्छ ।

देवकोटाको भिखारी पनि उनै हो,
जो,नियुरिएको उन्यु जसरि उमेरमै चरक्क चिरा परेर
अनि चाउरिएको मलिन अनुहार लाएर
अनन्त आर्तनाध गरेर
रङ्गिन गुलाफकोहरुको बिचमा
आएर
अनि आफ्नु अनुहारको अलिकती उज्यालोहरुको लागि
केवल एकमुठ्ठी चामलको निम्ति शिर उठाएर हिड्छ ।।

सायद,प्रलयको सिकारभए पछि
यो ,सन्सारमा बाच्नकै निमित्त मान्छे
जो,जुनसुकै अबतारमा पनि हिड्छ ।

असारमा भेलबाढी आएर सारा खेत बगाएपछी
अनि यो सन्सारमै सबैभन्दा
धेरै माया गरेको मान्छेले
भएको सम्पत्ति कुम्ल्याएर भागेपछी
बाचा कसम खाएको मान्छेबाट
अनि अङ्गख्य धोका पाएपछी
पैलेको खुङ्गखार प्रेमप्रसाद
हो ऐले सडककिनारमा
बासुरी सोल्टा भएर निस्किएको हो ।

यसैले,ऐले उस्को पहिचान बासुरी हो
तर,सबैले उस्लाइ बौलाहा भन्छन

यदि,मान्छे लछ्यबिना बौलाहा हुन्छ भने
हो,बर्तमानमा बासुरी सोल्टा एउटा बौलाहा नै हो ।

यो सन्सारमा कसैप्रती पनि कुविचार राखिन्न
र सबैलाइ एकसमान ब्यहवहार गरेर
यदि मान्छे स्वयम् भगवान बन्छ भने
हो,यो आधारमा बासुरी सोल्टा ,
खुद आफै एउटा भगवान हो
तर,अफसोच सबैले उस्लाइ पागल भन्छ।

हो, बासुरी सोल्टा बौलाहा नै हो
तर, बिलकुल शान्त गम्भीर
अनि बुद्द जस्तै स्थिर
अनि नबोल्ने बौलाहा
र कसैको पनि केही नबिगार्ने बौलाहा,

बौलाहाहरुको बिचमा दिल खोलेर हिडिरहेको
बासुरी सिल्टाको कुनै मन्जिल छैन
घर छैन,परिवार छैन
छत केवल एकहातमा एउटा बासुरी
नटुङ्गिने एउटा बाटो
अनि
उ ………….आफै

आफैसङ्ग अपरिचित;

बासुरी सोल्टाको कुनै घर छैन,
तर,बासुरी सोल्टाभित्र पनि एउटा छुट्टै सन्सार छ
आजाद
अनि एउटा स्वतन्त्र सन्सार
बासुरी सोल्टालाइ देस केहो
र सरकार को को,त्यो पनि थहा छैन
तर,उ जहाँ पनि पुग्छ
लकडाउन केहो त्यो पनि उस्लाइ थहा छैन
डुलेर खानु उस्को मज्दुरी हो
खाएर डुल्नु उस्को मज्बुरी हो।

महामारिमा
यो देसको कानुनले
उ सुनबर्शी बक्राहापारिको गाउ
इटहरामा
हिडिरहेको बेला
ट्याक्कै त्यतिखेरै लकडाउनको नियम लागू गर्यो
मेयर ! साप अब भन्नुहोस
कर्णाली जत्रो भङ्गकर खोला तर्न नसकेर
सिमानामा अलपत्र परेर
निरन्तर टोलाइरहेको त्यो नागरिक
कुन गाउँ को हो?

महाकाली,नदिकिनारको सोसाधमा
सरकार!लिपुलेक र लिम्पुधुराको जङ्गे पिल्लर जसरी
हराइरहेका ती मज्दुरहरु
कुन देसका हुन ?

बासुरी सोल्टा तिमिले यो देसको निमित्त
बासुरी त धेरै बजायौ
तर,यो देसको चित्त बुजाउन सकेनौ ।

तिम्रो,कलाको न कुनै मोल छ
नत,तिम्रो श्रमको नै कुनै ज्याला छ।

नाङ्गगिएर
अनि चिसो सिरेटोहरुमा कठ्याङ्रीएर
फुटेका ओठहरुबाट
अशक्त आवाजहरु निकालेर
बिना नोट
अनि तिमिले बेकाममा बजाइरहने ति बासुरीहरु!
जरुर
जो, कुनै समय रातभर ओध्यानहरुमा आएर
अनि मान्छेका कानहरुमा
समधुर धुनहरु भर्थो,
तर, ऐले समय बद्लिएछ बासुरी सोल्टा!
त्यही बासुरी ,
अफसोच जो ऐले मान्छेहरुको निन्द्रा हराम गर्छ ।

बैगुनले भरिएको यो सामाज स्वार्थी भएछ
बासुरि सोल्टा
कुनै दिन
आफ्ना कबिताहरुमा
तिम्रो मिठो धुन भर्नलाइ
मैले पनि तिम्रो बासुरिलाइ सम्झिएको थिए
तर, अफसोच म ऐले तिनै अधुरा कबिताहरुमा तिमिलाइ सम्झिरहेछु ।

बासुरि सोल्टाको कुनै घर छैन,
तर,पनि उ परको देस
मेरो हो भन्छ

जाडोमा जङ्गगलमा
अनि गर्मीमा मन्दिरमा रात काट्ने कुनै पात्र हो
यो बासुरी सोल्टा
जो तपाईं हाम्रै सहरमा भेटिन सक्छ
यदि खोज्दै हिड्ने हो भने
उ यो देसभर भेटिन्छ
भगवान र जनावारको स्वरुबाट अलग्गिएर
जो बर्तमानमा
मानव अधिकारभन्दा अलि पर बाचिरहेछ।

मेरो पनि घर छ भन्दै
हजार मायल लामो दुरि तय गरेर
हर समय हिडिरहेको
ए बासुरी !
ए सुकुम्बाशी !
अनि!
ए अथक यात्री !

काहा सम्मको सफर हो तेरो
थाकिस होला सुत! सुत!
भोकाइस होला सुत सुत
आनन्दसङ्ग निस्फिक्री सुत
ऐले एकछिनमा साहुमाहजनको जमिनमा
धान रोप्दा रोप्दै अकाल मरेकी तेरि आमा
तेरो सपनामा तेरो लागि अन्न लिएर आउनेछे।

यसैले ऐलेलाइ सुत!

यदि,बाचीस भने
भोलि बिहानको उज्यालो घामहरुमा मन्त्री ज्यु
चिल्लो कारहरुमा चढेर कुहिएको
एकपोका रासन लिएर
तलाइ राहत बाड्न आउनु हुनेछ
पत्रकारहरु आउनेछन,
र अखबारमा छापिनेछ तेरो नाम
र सादृस्य तस्बिरहरु सहित
केबल कुहिएको एकपोका चामल दिएर
र जहाँ यसैको नाममा लेखिनेछ समचार

“सरकारद्दारा अलपत्र बासुरीको उद्दार “।

सब बहान हैन भोलि बिहान
रासन बोकेर बिद्दानहरु आउनेछन
र त सुतिरहेको ओछ्यानमा तलाइ घच्घच्याइरहनेछन
बिडम्बना त ब्युझिनेछैनस
सरकार तलाइ भात खान
अनि क्वारेन्टाइनमा लान बोलाइरहनेछ
तर त
अफसोच,जब त
भोकमारी लागेर अल्बिदा निदाइसकेको हुनेछ्स
र तलाइ कोरोना माहामारिमा
मर्यो भनेर सडकमा लवारिस फ्याकिनेछ।

भोकमारी लागेर मर्लान भनेर
मेयर साप काठमाण्डु सहरबाट
नगरबाशिहरुलाइ सकुसल उद्दार गरेर
अनि उनिहरुलाइ त सुरछित क्वारेन्टाइनमा राखियो
तर,आफ्नै खोला पारिको गाउमा
आजिबन अलपत्र परिरहेका ति गरिबहरुमाथी भने
किन कसैको नजर पुगेन?
धनिहरुको निमित्त
महङ्गो महङ्गो गाडी र जहाज भएर उभिन सक्ने यो सरकार
किन खोला धारमा
कसैको लागि एउटा सानू पुल भएर उभिएन?

धेरै दिनपछि तिम्रो याद आयो
बासुरी सोल्टा
तर तिम्रो हबिगत बुझनलाइ
मलाइ यो देसले दिएन।

भोक लागेर
या,कोरोना रोग लागेर
तिमी मरिसक्यौ कि जिबित छौ ?
त्यो त मलाइ केही पनि थहा छैन!

सरकार
तर,आज यो देसमा
तेस्ता कति हजार पिडित
सुकुम्बाशि बासुरी सोल्टाहरु होलान ?
आज बर्सौ बर्स पछि अचानक
सबाल गर्न मन लाग्यो मलाइ
मेयर साप!
हाम्रो नगरमा
बस्ती बस्तिहरुमा
अर्काको घर घुमेर
गस्ती जसरी
र हरप्रहर हिडिरहने

एउटा परिचित बटुवा
बासुरी सोल्टा थियो नि
उस्को खबर ऐले के छ ??

 

सम्बन्धित खवर