देखिन छाडे नेपालगन्जका सडकमा मानिसहरु

देखिन छाडे नेपालगन्जका सडकमा मानिसहरु

 

बाँके, बैशाख १९  : नेपालगन्जमा एकजनालाई कोरोना पृष्टि भएपछि बजारमा सननाटा छाएको छ । मानिसहरुको घरबाट बाहिर निस्केका छैनन् । यसअघिका दिनहरुमा बजारमा मानिसहरुको व्यापक चहलपहल हुने गरेको थियो । स्थानीय प्रशासनले कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउनलाई थप कडाइ गरेपछि मानिसहरु सकडमा देखिन छाडेका हुन् ।

कोरोनाको पुष्टिसँगै स्थानीय प्रशासनले औषधि पसल बाहेक अन्य पसलहरु अर्को सूचना जारी नभएसम्मका लागि नखोल्ने विहीबार नै सूचना जारी गरेर जानकारी गराइसकेको छ । आज झन कोरोना पुष्टि भएपछि लकडाउनलाई थप कडाइ गरेको प्रहरीले मानिसहरु पनि त्रासका कारण घरबाट बाहिर निस्केका छैनन् ।

सडक तथा चोकहरुमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएका छन् । सशस्त्र प्रहरीले त सुर्खेतरोडमा गस्ति नै गरिरहेको छ । सुर्खेतरोडमा मानिसहरुको मुभमेन्ट बढी हुने गरेको थियो । तर आज सुनसान छ । भित्रिसकडहरुमा पनि मानिसहरुका चहलपहल तुलनात्मकरुपमा कम छ ।

मानिसहरु आफै सचेत हुन जरुरी रहेको बाँकेका एसपी बीरहादुर ओलीले बताउनुभयो । घरबाट बाहिर निस्कनु भनेको कोरोजा ल्याउनु जस्तै हो ओलीले भन्नुभयो, अत्यावश्यक काममा समेत अहिले घरबाट निस्कने अवस्था छैन् । उहाँले सजगता र सावधानी अपनाउन सबैलाई अपिल समेत गर्नुभएको छ।

सम्बन्धित खवर