बेलैमा जोगाऔ सुन्दर नगरी, पर्यटकीय शहर पोखरा

बेलैमा जोगाऔ सुन्दर नगरी, पर्यटकीय शहर पोखरा

लेखक ः सञ्जय आचार्य

पाेखरा, कास्की 

विश्व शान्ति स्तूपबाट देखिएको पोखराले झन्डैझन्डै काठमाडौंको आभास दिँदा मनमा चिसो पस्दो रहेछ कतै पोखरा पनि काठमाडौंको बाटोमा हिड्न लागेको होइन, भनी शंकाले डेरा जमाउँदा करिब उस्तै उस्तै भौगोलिक बनोट भएका दुई उपत्यकामध्ये काठमाडौले गरेको गल्ती पोखराले अनुसरण नगरी दिए हुन्थ्यो भन्ने आभास हुँदो रहेछ तिमी यति सुन्दर छौं कि, तिम्रो सुन्दरताको बयान गर्नलाई कुनै पनि शब्द पर्याप्त छैन त्यसैले फेरि आउँदैछु, तिमीलाई भेट्न, धित मरुन्जेल माया गर्न पोखरामा दुई महिनाको लागि इन्टनसिपमा आउँदा फेसबुकमा लेखेको स्ट्याटस थियो यो

पोखरामा तेस्रो पटक आउँदा पनि यहाँको सुन्दरताको भोकले अघाइएको थिइन् माछापुच्छे् अनि अन्नपूर्ण हिमशृखलाको काखमा अवस्थित सुन्दर पर्यटकीय नगरीमा जति बसे पनि कहिल्यै प्यास मेटिदैन फेवातालको किनारमा अवस्थित यो सहरको सुन्दरताको चर्चा जति गरे पनि अपुरै अनि अधुरै रहन्छ पोखरामा करिब डेढ महिना बिताउनै लाग्दा समेत यहाँको सुन्दरतामा तृप्त भइएको छैन केही मिनेट मात्र फेवातालको किनारमा वस्दा मन नै आनन्दीत हुन्छ फेवातालमा देखिने दक्षिण पट्टिको जंगलले समेत सुन्दरता अझै वृद्धि गरेको सुन्दरताका साथसाथै सरसफाइमा समेत उत्तिकै ध्यान दिएकोले देशकै सुन्दर तथा सफा सहरको रुपमा प्रसिद्धि कमाएको पोखरा उत्कृष्ट १० सहरको रुपमा समेत पुरस्कृत भइसकेको

पोखरा सहर भित्रबाट हेर्दा जति सुन्दर देखिन्छ, बाहिरबाट हेर्दा सुन्दरतामा ह्रास आउँदै गएको अनुभव हुँदो रहेछ विश्व शान्ति स्तूपबाट देखिएको पोखराले झन्डैझन्डै काठमाडौको आभास दिँदा मनमा चिसो पस्दो रहेछ कतै पोखरा पनि काठमाडौंको बाटोमा हिड्न लागेको होइन, भनि शंकाले डेरा जमाउँदा करिब उस्तैउस्तै भौगोलिक बनोट भएका दुई उपत्यकामध्ये काठमाडौंले गरेको गल्ती पोखराले अनुसरण नगरी दिए हुन्थ्यो भन्ने आभास हुँदो रहेछ

बाढी, पहिरो तथा मानिसहरुका अवाञ्छनीय गतिविधिहरुको कारण फेवातालको रुप पनि परिवर्तन हुँदै गएको रहेछ विगतका दिनहरुभन्दा साघुँरिदैसाघुँरिदै गएको फेवाताल, बढ्दैबढ्दै गएको सहरीकरण देख्दा मन अमिलो हुन्छ ड्यामसाइड नजिकै फेवाताल माथी थुप्रिएका, तैरिएका फोहोर प्लास्टिकहरु देख्दा सहर जतिसुकै विकसित भए पनि हाम्रो सोंच अझै पनि परिवर्तन नभएको आभास हुन्छ यस्ता गतिविधिहरु निरन्तर हुँदै गएमा हामीले देखेको फेवाताल अनि पोखरा हाम्रा सन्तानहरुले देख्न पाउँछन् कि पाउँदैनन् भन्ने कुरामा शंका लाग्छ

अव्यवस्थित सहरीकरणका कारण काठमाडांै झन्डैझन्डै कुरुप जस्तै भइसकेको विश्वकै प्रदुषित राजधानी सहरको रुपमा चिनिन थालिसकेको काठमाडांैबाट पोखराले पाठ सिक्नुपर्छ व्यवस्थित सहरीकरणमा जोड दिँदै अगाडि बढ्नुपर्छ, पोखरालाई हरियाली युक्त सहरको रुपमा विकास गर्नुपर्छ पोखरालाई कंक्रिटको जंगलको रुपमा नभई वातावरणमैत्री सहरको रुपमा अगाडि बढाउनु पर्छ यसको लागि पोखरा उपमहानगर पालिकाका साथसाथै अन्य निकायहरु समेत अग्रसर हुन जरुरी भइसकेको

जे , जस्तो , भन्ने सोचाइका साथ आँखा चिम्लेर बसेमा सुन्दर पर्यटकीय नगरीको उपमा बनाएको पोखरा पनि काठमाडौं जस्तै विश्वकै प्रदुषित सहरको रुपमा चिनिन समय लाग्ने छैन यसलाई कंक्रिटको जंगल होइन, वातावरणमैत्री, हरियालीयुक्त सहरको रुपमा विकास गर्नुपर्छ

पोखरा उपमहानगरपालिकाले अन्य नगरपालिकाको तुलनामा वातावरणमैत्री सहर हुने प्रयास गरेको देखिन्छ यस बाहेक पर्यटकीय नगरी भएकोले यहाँका स्थानीय जनताले समेत सरसफाइमा ध्यान दिएको देखिन्छ यति हुँदाहुँदै पनि पोखरामा तिव्र गतिमा सहरीकरण भएको प्रष्टसँग देखिन्छ, यसको लागि टाढा कहीकतै जानुपर्दैन विश्व शान्ती स्तुपाबाट नियाले मात्र पुग्छ

पोखराको भौगोलीक बनोट पनि आफैमा कमजोर यहाँको भूगोलले कहाँसम्मको सहरीकरण धान्न सक्छ भनी अध्ययन गर्ने समय आइसकेको चुनढुंगा मिश्रित माटोबाट बनेको उपत्यकामा ठूल्ठूला घर बनाउनु घातक सिद्ध हुनसक्छ यसका साथै अव्यवस्थित सहरीकरणले यहाँको प्राकृतिक सुन्दरतामा समेत कमी ल्याउन् सक्छ

अत्याधिक सहरीकरणका कारण सिर्जना हुने वायु प्रदुषण, जल प्रदुषण लगायतका वातावरणीय समस्याले पोखरामा पक्कै पनि असर पार्न सक्छ फेवातालमा माछापुच्छे्रको छाँया हेर्नलाई आउने पर्यटकको संख्यामा कमी आउन सक्छ अन्नपूर्ण हिमश्रृंखला तथा माछापुच्छ्रेको दृश्य विना पोखराको सुन्दरता कसरी छताछुल्ल हुनसक्छ रु यस्ता समस्यालाई कम गर्न पोखरा उपमहानगरपालिकाले सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने समय आइसकेको

पोखराको सुन्दरतालाई कायम गर्न सहरी सौन्दर्यीकरणमा जोड दिने ढिला गर्नुहुँदैन अब खुला ठाँउहरुमा वृक्षारोपण गरी सहरको हरीयालीलाई प्रवद्र्धन गर्ने समय आइसकेको पोखरालाई कंक्रिटको जंगलहुनबाट बचाउन प्रत्येक घरमा कम्तिमा पनि वटा रुख अनिवार्य रुपमा रोप्ने व्यवस्था कामय गर्नुपर्छ यसका साथै सडक किनारामा समेत वृक्षारोपण गरी सहरी सौन्दर्यतालाई कायम राख्न सकिन्छ

पोखरेली जनतामा रहेको सरसफाइ सम्बन्धी चेतनालाई अझै प्रभावकारी बनाउदै घर, टोल तथा सहरलाई नै सुन्दर बनाउने अभियानमा एकजुट हुनुपर्छ आधुनिकताको नाममा देशकै पर्यटन उद्योगमा महत्वपूर्ण योगदान दिएको पोखरा सहरलाई कंक्रिटको जंगल बन्न नदिइ यसलाई प्राकृतिक स्वरुपमै कायमै राखी सुन्दर, सफा तथा हरियालीयुक्त सहरको रुपमा विकास गर्ने बेला आइसकेको ।अहिले नै यसबारे नसाचे सुन्दर पोखरा नाम मात्रमा सिमित नहोला भन्न सकिदैंन

पोखराको सौन्दयर्ता कायम गर्नको लागि पोखरा उपमहानगरपालिकाले विभिन्न कदमहरु चालेकोमा ती कदमहरु अझै पनि अपर्याप्त भएको अनुभव हुन्छ पोखरा उपमहानगर पालिकाले एक घर दुई रुख, हाम्रो पोखरा राम्रो पोखराको अवधारणा ल्याएको यसका साथै पोखरा उपमहानगरपालिकालाई प्लास्टिक मुक्त नगरपालिकाको रुपमा विकास गर्ने प्रयासहरु समेत भइरहेका छन्

यस्तो अवस्थामा आम पोखरेली जनताका साथसाथै सम्बन्धित निकायले समेत पोखराको सुन्दरताको लागि आआफ्नो ठाँउबाट आवाज उठाउने बेला आइसकेको अहिले आवाज नउठाए, अहिले कदम अगाडि नबढाए पोखरा पनि काठमाडौं जस्तै कंक्रिटको जंगल बन्नलाई समय लाग्ने छैन त्यस्तो कहिल्यै नहोस्, पोखरा साँच्चिकैको पोखराकै रुपमा रहिरहोस्

 

सम्बन्धित खवर