धादिङमा बोलेरो जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ७ जना घाइते

धादिङमा बोलेरो जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ७ जना घाइते

धादिङको बेनिघाट रोराङ गाउँपालिकाको आरन भञ्ज्याङमा बोलेरो जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् ।

आज मलेखुबाट बेनिघाट रोराङ गाउँपालिका ४ खहरे जाँदै गरेको बोलेरो जीप आरन भञ्ज्याङमा दुर्घटना हुँदा १ जनाको घटना स्थलमै मृत्यु भएको र अन्य ७ जना घाईते भएका हुन । मृत्यु हुनेमा ज्वालामुखी गाउँपालिका १ की अन्दाजी २४ वर्षिय सरु बसेल रहेको प्रहरीले जानकारी दिएको छ । मृतक बसेल ज्वालामुखीबाट माईत जाँदै गरेको खुलेको छ ।

मलेखुमा तरकारी बेच्न आएका किसानहरुलाई लिएर खहरे जाँदै गरेको बा १ ख ८६३६ नम्बरको उक्त बोलेरो जीप आज करिव दिउँसो पौन ४ बजे सडकबाट अन्दाजी ७ सय मिटर तल खस्दा दुर्घटना भएको स्थानीय आशिष आचार्यले जानकारी दिनुभयो । दुर्घटनामा घाईते भएकाहरुलाई ३ वटा एम्बुलेन्सबाट अस्पताल पठाईएको स्थानिय आचार्यले बताउनुभयो ।

सम्बन्धित खवर