लकडाउनको मौका छोपी सिरहामा लैजादै गरेको ३६ कार्टुन अबैध सोफी मदिरा बरामद

लकडाउनको मौका छोपी सिरहामा लैजादै गरेको ३६ कार्टुन अबैध सोफी मदिरा बरामद

राजेन्द्र महतो, लहान

लकडाउनको मोका छोपी सिरहाको दक्षिणवर्ती सिमाना नाका नवराज पुर गाउँपालिका ५ दशगजाबाट अबैध लागु औषध ओसार पसार गर्दै गर्दा पक्राउ गरिएको छ । बोर्डर ईलाका कुसन्डी स्थित नेपालबाट भारत तर्फ तस्करहरुले टाउकोमा बोकेर ३६ कार्टुन सोफी मदिरा लैजादै गर्दा शसस्त्र प्रहरीले बरामद गरिएको हो ।

शुक्रबार सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वाटर सिरहाका डिएसपी प्रेम रावलको कमाण्डमा खटिएको गस्ती टोलीले राती २ः३० बजे खेतको बाटो हुँदै नेपालबाट भारत तर्फ लैजादै गर्दा बरामद गरिएको हो ।

तस्करहरु प्रहरी टोलिलाई देख्ने बितिकै टाउकोबाट मदिराको काटुन फालेर फरार भएको सशस्त्र प्रहरीले बनाएको छ ।
बरामद गरेको अबैध मदिरा आबशयक कारबाहीको लागि ठाडी भन्सार कार्यालय इनर्वा ठाडी सिरहामा पठाइएको सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वाटर सिरहाका एसपी प्रवीण कडेँलले बताएका छ्न् ।

सम्बन्धित खवर