भोक कविता आन्दोलन-२ “भोक र सडक”

भोक कविता आन्दोलन-२ “भोक र सडक”

“भोक र सडक”

कोरोना सडकमा तगारो थापेर
हामीलाई थुनछेकमा पारेर
मान्छेहरु भोकले असललल्ल छन
हामी बाँच्न चाहन्छौ/उडान भर्न चाहन्छौ ।
भोक -अब बिद्रोह बोल्छ
तिम्रो हुकुमी राज माथी धावा बोल्छ
नचिच्याउ ज्यानमाराहरु उज्यालोमा बसेर
भोकको छर्रा र डामले हाम्रो अस्तित्व गुम्दै छ ।
हामी जंजीरबाट उदघोष गरौ
भोक र कोरोनाको बिरुध्द
एउटा मोर्चाबाट अन्तिम युध्द लडौ ।

सम्बन्धित खवर