लहान, सिरहाको गोलबजारमा रहेको एबी महल लकडाउनमा पनि बन्द भएको छैन । सरकारको निर्देशनलाई लत्याउँदै दैनिक महल सञ्चालन भइरहेको छ ।
महल सञ्चालनमै रहँदा उपभोक्ताहरु पनि मानेका छैनन् । दैनिक जसो त्यहाँ भीडभाड हुने क्रम राकिएको छैन् । दैनिक रुपमा मल्ल (AB MALl) सञ्चालन भइरहँदा पनि नगरपालिकाले भने कुनै चाँसो देखाएको छैन् ।
कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने रोग हो । त्यहाँ भने दैनिक रुपमा भिड्भाड नै देखिएको छ । राजनीतिक र पावरको आडमा लकडाउनमा पनि सञ्चालनमै भैरहेको हाे । भिडभाड रोकिएको छैन ‘, सिरहा जिल्ला राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष राजेश यादबले भने यसमाथि प्रशासन र नगरपालिकाले अबिलम्ब सोच्नु पर्छ ।