सिमाना नाका सिरहामा सशस्त्र प्रहरी बलद्वारा पैदल गस्ती परिचालन

सिमाना नाका सिरहामा सशस्त्र प्रहरी बलद्वारा पैदल गस्ती परिचालन

राजेन्द्र महतो, लाहान

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सिरहाका विभिन्न सिमा नाकामा सशस्त्र प्रहरी बल सिरहाले पैदल गस्ती परिचालन गरेको छ । सीमावर्ती भारतीय सहर पटना क्षेत्रमा १ जना कोरोना संक्रमित फेला परेपछि सिरहा जिल्लाको साना ठूला सबै नाका सिल गरी निगरानी बढाएको हो।

खुल्ला सीमाका कारण सर्वसाधरणको आवतजावत हुन सक्ने विषयलाई मध्यनजर गर्दै सीमामा प्रहरीलाई पैदल गस्ती परिचालन गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गुल्म हेडक्वाटर सिरहाका प्रमुख एसपी प्रबिन कंडेलले बताएका छ्न् । सीमामा पैदल गस्ती गर्नुको साथै ग्रामीण क्षेत्रका सर्वसाधरणमा जनचेतना समेत फैलाउने कार्य समेत गरिरहेको प्रवक्ता डिएसपी प्रेम बहादुर रावलले बताए । सिरहाको भारतसँग ४७ किलोमीटर सीमामा एक जवानले अर्को जवानलाई देख्ने गरी सीमामा सशस्त्र प्रहरीलाई खटाइएको रावलले बताएका छ्न्।

जिल्लाका सीमामा ३४ वटा स्थायी प्वाइन्ट राखि मातहातका सबै युनिटले आआफ्नो क्षेत्र कभर गर्ने गरी २४ सै घण्टा गस्ती गर्दै भारतसँग जोडिएको खोला, खेतदेखि गल्ली सम्मबाट अवतजावत हुने सबै स्थानमा निगरानी पनि गरिरहेको एसपी कंडेलले बताएका छ्न् ।

सम्बन्धित खवर