कामना सेवाले इनरुवामा पनि ग¥यो खाद्यान्न वितरण

कामना सेवाले इनरुवामा पनि ग¥यो खाद्यान्न वितरण

पथरी, कामना सेवा विकास बैंकले सुनसरीको इनरुवा ३ मुसहर बस्तीमा पनि खाद्यय सामग्री सहयोग गरेको छ । विहिबार एक कार्यक्रमको आयोजना गरी विपन्न परिवारलाई राहत वितरण गरिएको हो ।

सुनसरीका ३ वटा मुसहर बस्तीका ९६ घरपरिवारलाई एक कार्यक्रमका बिच बैंकका प्रदेश प्रमुख सुजन छाराहाङ राईले खाद्य सामग्री वितरण गर्नुभयो । अति विपन्न परिवारमा विहान बेलुका छाकटार्न मुस्किल पर्ने अवस्था देखेपछि कर्मचारीहरुको १ दिनको तलवबाट रकम संकलन गरेर खाद्य सामग्री वितरण गरिएको हो । बैंकले चामल, दाल, नुन, तेल लगाएतका सामग्री वितरण गरिएको इनरुवा शाखाका प्रमुख युवराज भट्टराईले बताउनुभयो ।

कामना सेवाले हाल देशैभर १ सय २३ वटा शाखा, ६५ वटा एटिएम लगायत आधुनिक नविनतम प्रबिधीद्वारा सहज बैंकिङ सेवा प्रदान गर्दै आएको छ।।

सम्बन्धित खवर