प्रधानमन्त्री ओलीलाई युवासंघ नेताको पत्र, भारतमा बस्ने नेपाली के चुनावमा मात्रै चाहिने हो ?

प्रधानमन्त्री ओलीलाई युवासंघ नेताको पत्र, भारतमा बस्ने नेपाली के चुनावमा मात्रै चाहिने हो ?

पुर्व अनेरास्ववियु सभापति दुर्गा लक्ष्मी बहुमुखी क्याम्पस तथा राष्ट्रिय युवा संघ नेपाल बझाङ सदस्य
उमेश बिष्ट (उज्ज्वल)

खै कुन शब्द बाट सुरु गरौँ शब्द भेटाउन गाह्रो त भएको होइन तर पनि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलि ज्यु बहुमत भैसकेको महान नेता वा प्रधानमन्त्री भएको कारण सम्बोधन गर्न अलि गाह्रो भए जस्तो लाग्यो मलाई । यो प्रदेश नम्बर ७ को विकट जिल्ला बझाङको बित्थड चिर गाउँपालिका वडा नम्बर ९ धारि गाउँबाट एक नेकपाको संगठन राष्ट्रिय युवा संघको जिल्ला सदस्य भएको हैसियत आज म आफ्नो मनमा लागेका केही बिचार हरु राख्दै छु ।

हुनत म आफ्नो खेतबारीमा काम गरेर आफ्नो परिवारलाई पाल्ने युवा हु । म नेकपाको सुदुरपश्चिमकै युवा हु मलाई तपाईं चिन्नु त हुन्न तर म राम्रो सङग चिन्छु मैले एक पटक मात्र होइन कि ५/६ पटक नेपाल कम्युनिस्ट पार्टीलाई आफ्नो अमुल्य मत दिएको छु । बिद्यार्थी काल देखि युवा संगठन सम्म लामो संघर्ष गरि आएको पनि हु। प्रधानमन्त्री ज्यु मैले तपाईं माथी धेरै आशा गरेको युवा मध्ये म पनि हो । नेपाल देशको भबिस्य पनि तपाईंको हातमै छ जस्तो ठानेको छु तर देशले कुनै काचुली फेर्न सकेन कारण खुट्टा तान्ने प्रवृत्तिले हो भन्ने ठानेको छु। झन म जस्ता लाखौ बेरोजगार युवाहरुलार्इ बिदेशको चर्को घाममा आफ्नो पसिना बगाउन बाध्य छन् । सम्माननीय प्रधानमन्त्री ज्यु आज भोलि बिश्वब्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरस कोभिड १९ ले गर्दा तपाईं हामी लागाएत सबै त्रर्सित भएका छौँ । हाल सम्म बिश्वको २ सय भन्दा बढि देशमा फैलिसकेको खबर विश्व स्वास्थ्य संघठनले दिसकेको छ । हाल सम्म लगभग ९ लाखको हाराहारीमा संक्रमण देखापरिसकेको छ । मृत्यु हुनेको संख्या ७० हजार पार गरिसकेको छ । यस अर्थमा धेरै देशहरु लक डाउन पनि भएको छ र लक डाउनको चपेटामा भारत र नेपाल पनि छ ।

आफ्नो रोजगारीको लागि भारतको विभिन्न शहर मा जानू भएका नेपाली दाजु भाइ अहिले एकदमै समस्यामा छन् । खान, बस्न, लगाएत अन्य समस्याहरु झेल्दै छन् । तिनिहरुलाई के कसरी नेपाल फर्काउन सकिन्छ छिटोभन्दा छिटो पहल गरिदिनु पर्यो । हुने खानेका छोरा छोरीलाई जहाज पठाएर नेपाल झिकाउने तर ती युवा म जस्तै आफ्नो श्रमजीवी गरेर खानेलाई अलपत्र किन ? के तिनीहरू यो देशको नागरिक होइन ? के तिनीहरूलाई नेपाल आउने अधिकार छैन ? के तिनीहरूलाई चुनावको बेला मात्र हाम्रो पार्टीलाई भोट हाल्न आउनु बाटो खर्च हाम्रो पार्टीले दिन्छ भनेर बोलाउने हो ?

यस्तो संकटमा नेपाल सरकारले भारतमा रोजगारी गर्ने हाम्रा युवालाई त नेपाली नै ठान्ने रहेन छ । कम्सेकम तपाईं त सुदुर पश्चिम प्रदेश नम्बर ७ को ब्यक्ति र इन्चार्ज भएको हैसियतले तपाईंलाई बिन्ती छ कमरेड भिम बहादुर रावल ज्यु ।

यदि तपाईलाई भारतमा हुने नेपाली जनताको माया छ भने तुरुन्तै नेपाल झिकाउने वातावरण बनाउनुहोस । भरतमा भएका सबैलार्इ नेपाल झिकाएर आफ्नो घर सम्म पुर्याउनु हुन्छ भने आशा छ । मेरा गाउँका युवा लागएत धेरै भारतमा समस्या झेल्दै आएका ब्याक्तीहरुले प्रदेश नम्बर ७ नेकपा जिन्दावाद भन्ने छन् । अर्को चुनावमा नेकपालाई नै भारि मतले जिताउने छन भन्ने मेरो पुर्ण आस छ ।

कुनै पनि समस्यामा पर्दा परदेशिले सम्झने भनेको आफ्नो देश आफ्नो अभिभावक, आफ्नो परिवार, आफ्नो देशको नेता नै हो । अहिलेको समस्या भनेको मलाई भन्दा पनि भारतमा रहेका सम्पुर्ण नेपालीलाई छ। त्यो पनि थाहा छ हाम्रो सरकारलाई तर समस्यामा परेका नागरिकलाई अरु देशका सरकारले उद्दार पनि त गरेको छ । तपाईं पनि उनीहरूलाई उद्दार गरिदिनुहोस बिन्ती छ मेरो । नेपाल झिकाइसकेपछि जति दिन क्वारेन्टाइनमा राख्नु हुन्छ राख्नुहोस उनीहरू तयारी छन् । राम्रो सङ्ग चेकजाँच गरेर नै उनीहरूलाई तेसपछी मात्र घर जान वातावरण मिलाउला तर भारतमा दिनहु दिन कोरोना भाइरसको संख्या बढ्दै छ । केही कतै नेपालीलाई यो रोग सरि हाल्यो भने पनि कसैले सहयोग गर्ने वाला छैन् । मैले सुने अनुसार नेपाली राजदुतावासलाई पनि दिन मा ४/५ पटक कल गर्दा पनि उठ्दैन भन्ने खबर आएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलि ज्यु र अर्का सुदुर पश्चिम प्रदेशका ईन्चार्ज भिम बहादुर रावल ज्यु तिनीहरू पनि हाम्रै देशका नागरिक हुन् । यो कठिन परिस्थितिमा साथदिनुहोस तिनीहरू रुदै भोक भोकै रोड अथवा गल्ली गल्लिमा भौतारिदै हिडेकाहरुले तपाईंलाई सधै साथ सपोर्ट दिनेछन् ।

सम्बन्धित खवर