प्रिय कमरेडहरु

प्रिय कमरेडहरु

आरती भण्डारी

कोभिड १९ को लकडाउनले
म एउटालाई मात्रै होईन ,
कमरेडलाई पनि फुर्सदिलो बनाएको छ।
उठ्नेबित्तिकै फेसबुक खोल्ने प्राय सबैको बानी हुन्छ,
मेरो पनि फेसबुक खोलेरै दिनको सुरुवात हुन्छ,
फेसबुक खोल्नेबित्तिकै अनौठो लाग्छ,
ग्रुप च्याटका मेसेज टिङ्टिङ बज्छन,
एकले अर्कालाई मरिमरी गाली गरिएका हुन्छन,
सम्यमित कोहि देखिदैन,
यति मिठो कमरेड शब्दले कसैले सम्बोधन गर्दैन,
न एक अर्काप्रती हार्दिकता छ,
स्टाटसहरु त्यस्तै कडा कमरेडहरुको,
नामै तोकेर उफ्रि उफ्री,आफ्नै साथिको बिरोध गरिन्छ,
तिमिहरु यस्ता छौ,तिमिहरुले यसो गर्यौ,
तिमिहरुको ईतिहास यस्तो हो भन्दै नङ्याईन्छ,
ईतिहास जस्तो भएपनी,हैसियत जस्तै भएपनी,
एकता भएपछी हाम्रो हैसियत समान हो,
क्षमता फरक हुन सक्छ,
कृयाशिलता घटिबढी हुन सक्छ,
हामी कोहि समायोजन भएका होईनौ,
हाम्रो ऐतिहासिक एकता भएको हो,
हामिबिच किन हार्दिकता छैन,रु
हामिबिच किन आत्मियता छैनरु
सामान्तबाद र पुजिबादका नाईकेलाई तह लगाउदै ,
समाजबादसम्म यात्रा गर्न तयार भएका हामी,
आफुलाई किन कमजोर पार्दैछौ,रु
आफ्नै साथिलाई किन बैरी सम्झदै छौ,रु
गरिबका आङ्गका नाना फेर्न सक्नुपर्ने,
ती सुकुम्बासीका छाना फेर्नुपर्ने,
तर हामी त आफै आफै खुईलिदैछौ ,
खुईल्याउदै छौ,
हामिलाई पुर्खाले देखाएको बाटो यो होईन,
प्रिय कमरेडहरु,
तपाईहामी त आफ्नो होईन देशको निम्ति,
परिवार भन्दा समाजको निम्ति
हास्दै मर्ने कसम खाएका होईनौ र,रु
एकता र हार्दिकतामा आच आउन दिनेछैन भन्दै,
लिएका शपथहरु बिर्सिएकै हो त,रु
लाखौ पटक अनुरोध गरिसकियो,
आफैलाई कमजोर नपार्नुस भनिसकियो,
अब त सुन्नुस अनि सोच्नुस,
हामी त साम्यवाद ल्याउने सिपालु ड्राईभर बन्नुपर्छ,
भोका नाङ्गाहरुले हामिप्रती आशा गरिरहेका छन,
बालुवा चालेर छाक टार्नेहरु,
गिट्टी कुटेर छाक टार्नेहरु,
आशाको सानो त्यान्द्रो बोकेर हामिलाई हेर्दैछन,
सच्चिनुहोस त भन्दै भन्दिन ,
सच्चिनलाई बिगृएको हुनुपर्छ,
कमरेडहरु सम्यमित बनिदिनुहोस,
हामी यसरी फुट्दै गयौ भने,
हामिबिच वाक युद्ध मात्रै चलिरह्यो भने,
तानाशाहका रक्षाकवजहरु
दुलो दुलोबाट डम्फु ठटाउदै निस्किनेछन,
त्यसैले कमरेडहरु,
पुजिबादी दलालका चम्चा होईन,
समाजबादका ड्राईभर बनौ,।

 

सम्बन्धित खवर