निर्वाचन क्षेत्रमा सांसद रिजालको ५०/५० हजार, लकडाउनको पालन गर्न अपिल

निर्वाचन क्षेत्रमा सांसद रिजालको ५०/५० हजार, लकडाउनको पालन गर्न अपिल

किरण न्यौपाने, रंगेली

कोरोना भाइरसको महामारीको सन्त्रास बढ्दै गएको अवस्थामा मोरङ्ग क्षेत्र नं. २ बाट निर्वाचीत प्रतिनिधीसभा सदस्य एव नेपाली कांग्रेस नेता तथा पुर्व सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले मोरङ्गको दुई पालिकालाई विपद व्यवस्थापन गर्न सहयोग गरेका छन् ।

प्रतिनिधिसभा सदस्य डा. रिजालले मोरङ्गको रतुवामाई नगरपालिका र सुनवार्षी नगरपालिकाको विपद व्यवस्थापन कोषमा ५०/५० हजार रुपैया सहयोग गरेका हुन् । स्थानिय तहहरुले विपद व्यवस्थापनका लागी कोष स्थापना गरी एकद्धार प्रणाली मार्फत स्थानियलाई सहयोग गर्ने भएपछी रिजालले नगरपालिकाले सञ्चालनमा ल्याएको विपद कोषमा रकम उपल्वध गराउनुभएको हो ।

रिजालले सामाजिक सञ्जाल मार्फत सार्वजनिक अपिल गर्दै कोरोना भाइरस बारे जनचेतना समेत फैलाउदै आएका छन् । प्रतिनिधिसभा सदस्य डा. रिजालले आफ्नो निर्वाचन क्षेत्र समेत रहेकाले सरकारले दिने राहत बाहेक आफनो तर्फबाट केन्द्रमा आधा महिनाको सेवा सुविधा र नगरपालिकालाई ५०/५० हजार रुपैया सहयोग गरेको बताए ।

रिजालले कानेपोखरी, पथरी शनिश्चरे र रंगेलीका वडाहरुमा समेत पार्टि समिती मार्फत सहयोग रकम उपलब्ध गराउने तयारी गरेका छन् । डा. रिजालले आफ्नो क्षेत्रमा २९ वटा वडा रहेकाले पार्टि वडा समितिलाई पनि ५ हजारका दरले उपलब्ध गराउने र अगुवा कार्यकर्ता नेताहरु समेतले कोष खडा गरी कोरोना रोगबारे जनचेतना जगाउन अधिकत्तम कार्यक्रमहरु गरिरहेको जानकारी दिए ।

सो अभियानमा पार्टि वडा समितिहरुले सोही कोष मार्फत विपन्नहरुलाई माक्स, सेनिटाइजर र ठाऊ ठाऊमा साबुन पानिले हातधुने व्यवस्थाको प्रवन्ध समेत गरेको छन् । रिजालले महामारीबाट सबैलाई जोगिनका लागी आग्रह गर्दै सरकारले लागु गरेको लकडाउनलाई पालना गर्न अपिल गर्दै जनतालाई दु:खको बेला आवश्यक सहयोग समेत गर्ने प्रतिवद्धता जनाए ।

सम्बन्धित खवर