कविता : कोरोनाको कलह

कविता : कोरोनाको कलह

ईश्वर खनाल 

कोभिड त अनयासै जगभरी फैलिरहेथ्यो जसै
हाहाकार चल्यो मनुष्य गणमा चिन्ता परेथ्यो तसै
चाइना नामक देश थ्यो जगतमा अब्बल कहल्थ्यो जहाँ
उब्जियो कोरोना विकसित भयो वुहान प्रान्तमा ।।

फैलियो इटली, स्पेन, कोरिया आयो नेपालमा पनि
स्वः बन्दिरुपमा बसे भनि हुकुम भो मापसे प्रयोग गरी
हावा बहे सरी उड्यो जगतमा खोक्दा र हाछ्यौं गरी
मानव जातीकै कमजोरी भयो फैलियो विश्व भरी ।।

उच्च ज्वरो र कण्ठमा पिडा भए सिँगान बगीरहे
श्वास फेर्न कठिन हुन यदि गए सुख्खा खोकी झन भए
नआत्तिनु मनुष्य जनहरु सामान्य ज्वरो भए
बढ्दै गयो ज्वरो खोकी यदि भने डाक्टर कहाँ नै गए ।।

 

सम्बन्धित खवर